चौधरीको अग्रता कायमै,७ सय ५ मतान्तरले अगाडि



 

सैघाली खबर,

दाङ २३(मंसिर । दाङमा नेपाली काँग्रेसका उम्मेदवार मध्य डिल्लीबहादुर चौधरीको मात्रै हालसम्म अग्रस्थनमारहेका छन। दाङको निर्वाचन क्षेत्र नं। ३ ९१०मा प्रदेशसभा सदस्यका उम्मेदवार श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले मात्रै हालसम्म अग्रता कायमै राखेका छन।

१३९१९ मत गणना गरिसक्दा श्रम तथा रोजगार राज्य मन्त्री चौधरीलाई ६३८८ र उनका प्रतिद्धन्दी माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य जगप्रशाद शर्मा ९अपार०लाई ५६८९ मत प्राप्त भएको छ ।

काँग्रेस उम्मेदवार चौधरी शर्मा भन्दा ७०५ मतान्तरले अगाडि छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा चौधरी बाहेक अरु सबै काँग्रेसका उम्मेदवार हालसम्मको नतिजामा पछाडि छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्