दाङ वाट शंकर पोख्रेलको उदघोष ‘ म नै मुख्यमन्त्री, दाङ नै राजधानी ’



गिरिराज नेपाली
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ ‘२ ’ वाट प्रदेशसभा सदस्यमा भर्खरै निर्वाचन हुनुभएका नेकपा एमाले स्थायी कमिटि सदस्य एंव पुर्व सुचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ मुख्यमन्त्री र प्रादेशिक राजधानीको विकल्प दाङ भन्दा अर्काे कुनै नरहेको बताउनुभएको छ । विजयीको घोषणा संगै पोख्रेलले आफ्नो जित नै दाङ र प्रदेश नं. ५ वासी जित रहेको दर्साउनुभयो । दाङ राजधानी दाङकै मुख्यमन्त्री अबको प्रदेश नं. ५ हुने छ ।

चुनावी घोषणा सभामा पत्रकारहरु संग कुरा राख्दै पोख्रेलले मुख्यमन्त्री र दाङ राजधानी निर्माण गर्ने उद्देश्यले आफुलाई टिकट दिई गृहजिल्लामा पठाए सकेकाले आफु नै मुख्यमन्त्री दाङ नै राजधानी बन्ने बताउनुभयो ।

दाङ राजधानी बनाउने अभिप्रायले दङगालीले आफुलाई जिताएको बताउदै उहाँले बोलेको बचनपनि पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– दाङमै राजधानी, दाङकै मुख्यमन्त्री अब प्रदेश नं. ५ ले पाउने छ । ’ यसको अर्काे कुनै विकल्प छैन । राष्ट्रिय राजनितिमा दाङ वाट अग्रणी भुमिका निर्वाह गर्दै आईरहनु भएका पोख्रेलले अब प्रदेश वाट भए पनि केन्द्रमा प्रदेशको विकासका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘ पार्टी स्थायी कमिटि भित्रमा छु । अहिले प्रदेशकै नेतृत्व गर्ने अवसर दाङवासीले दिएका छन । यो अबसर लाई दाङ र प्रदेश नंं ५ को नेतृत्वदायी जिम्मेवारीमा बदल्ने छु । त्यो कुरामा दाङवासी विश्वस्त हुन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्यमा दाङ क्षेत्र नं. २ ‘२’ वाट निर्वाचनमा भिड्नु भएका पोख्रेलले कुल मतदान भएको ६३ वटा मतदानमा ३५ हजार ५ सय मत खसेका थिए । २० हजार ७ सय २३ मत प्राप्त गरी पोख्रेल विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गर्नुभएको थियो । पोख्रेलले घिमिरेलाई ९ हजार ५ सय ५१ मतले पराजीत गर्दै पोख्रेलले प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्