दाङ क्षेत्र नं. २ (ख) एमालेका अम्मर बहादुर डाँगी विजयी




जनक नेपाली
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. २ प्रदेश सभा २ मा नेकपा एमालेका नेता अम्मरबहादुर डाँगी विजयी हुन भएको छ । डाँगीले कुल २१ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । उहाँ प्रतिद्धन्दी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत प्राप्त गर्नु भएको हो । डाँगीले उहाँका प्रतिद्धन्दी काँग्रेसका भरतबहादुर न्यौपाने भन्दा ८ हजार २ सय ६० मतको अन्तरले जित्नु भएको हो । विजयी घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रमाणपत्र प्रदान गर्दै विजयी भएको घोषणा गर्नु भएको थियो ।

को हुन अम्मरबहादुर डाँँगी

दाङको कम्युनिष्ट आन्दोलनमा डाँँगीले निकै महत्वपूर्ण भुमिका निभाउनु भएको छ । जिल्लामा कम्युष्टि राजनितिको सुरुवात कर्ताका रुपमा समेत उहाँलाई हेर्ने गरिएको छ । राजतन्त्र र पंच्चायतका विरुद्ध बोलेको भन्दै उहाँलाई पटक /  पटक राजद्रोहको मुद्धा लगाएर जेल जीवन समेत विताउँदै आउनु भयो । २०२२ साल देखि कम्युनिष्टको राजनिति थालेका डाँगी २०२४ सालमा आएर कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो ।

२०२७ साल देखि नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्यका रुपमा रहेर उहाँले भुमिका निर्वाह गर्नु भएको थियो । उहाँ २०२८ सालमा नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवको भुमिका निर्वाच गर्नु भएको उहाँले वताउँनुभयो । डाग्ाँी राजतन्त्रको विरुद्धका लागेको भन्दै २०३४ साल देखि २०३५ सालमा उहाँलाई जेल सेमत बस्नु भएको थियो । जेल बाट छुटे लगतै २०३५ सालमा उहाँले शिक्षण पेसा अङ्गाल्नु भएको थियो । यस्तै डाँगी २०५१ सालमा शुकुम्बासी आयोगको अध्यक्षको रुपमा रहेर कामगर्दै आएको वताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्