दाङ क्षेत्र नं. १ को प्रदेश सभा २ मा रेवतीरमण शर्मा विजयी



सैघाली खबर
दाङ, २३ मंसिर । दाङ क्षेत्र नं. १ को प्रदेश सभा २ मा नेकपा एमालेका रेवतीरमण शर्मा विजयी हुन भएको छ । उहाँले १९ हजार ३ सय ५४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका जानकीलाल बस्नेतलाई ६ हजार ६ सय १ मत अन्तरले विजयी हुनु भएको हो । बस्नेतले १२ हजार ७ सय ५३ मत प्राप्त गर्नु मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभएको छ । ।विजयी शर्माले पंचायती व्यवस्थाको विरोधी आन्दोलनका र २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । २०५४ सालमा तत्कालिन चैलाही गाउँ विकास समितिको अध्यक्षको रुपमा निवार्चित भएर मुमिका निर्वाह गर्नु भएको थियो ।२०३९ सालमा जागिर छोडेर पूर्ण रुपमा राजनीतिमा शर्मा होमिएको वताउनुभयो ।

२०५४ सालमा साविक चैलाही गाविसको अध्यक्षमा निर्वाचित जनताका पक्षमा आफुले काम गरेको वताउँनु भयो ।२०२९ सालमा विद्यार्थीकालदेखि नै राजनीतिमा सहभागी उहाँ लाग्नु भएको थियो । । अखिल छैठौंको राप्ती अञ्चल उपाध्यक्ष भए । २०४२ सालदेखि नेकपा मालेमा आवद्ध भए । संगठनको विभिन्न जिम्मेवारीमा रहे । गाउँ विकास समितिको अध्यक्षको रुपमा रहदा दुई वर्षसम्म दाङ जिल्ला परिषद्को अध्यक्षको रुपमा समेत काम गर्नु भएको थियो ।शर्मा २०५४ सालमा नै नेकपा एमाले, जिल्ला कमिटीको संगठन बिभाग प्रमुख समे भएको बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्