दाङमा काँग्रेसको विरासत जोगाउँदै चौधरी



जनक नेपाली
सैघाली खबर
दाङ, २४ मंसिर । दाङ क्षेत्र नं. ३ को प्रदेश सभा १ मा डिल्ली चौधरी विजयी भएको छ। चौधरी २ हजार ३ सय ३६ मत अन्तरले विजयी हुनु भएको हो । चौधरीले १७ हजार ३६ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्र जगप्रसाद शर्मा १४ हजार ७ सय मत प्राप्त गरी पराजय भोग्नु भएको हो । दाङमा यसपाली काँग्रेसलाई आफ्नो विरासत जोगाउँन नै निकै हम्मेहम्मे नै परेको थियो । २०७० सालमा भएको संविद्यान सभाका काँग्रेसले दाङ जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा जित हात पारे पनि थियो ।

गत विहीबार भएको प्रतिनिधी सभा र प्रदेश सभामा काँग्रेसलाई आफ्नो विरासत जोगाउन नै निकै मुस्किल नै प¥र्याे बल्ल तल्ल काँग्रेसका नेता एवं श्रमता रोजगार राज्य मन्त्री डिल्ली चौधरीले खाता खोल्न सफल भएका छन् । बाम गठबन्धन बालियो हुदा पनि चाधैरीले विजयी हुनुका आफ्नो समुदायले काम गरेको धेरैले आकल न गरेका छन् । चौधरी स्थानिय गाउँकै भएका कारण पनि बढी मत प्राप्त गरेको सर्वसाधारणको आकल रहेको छन । राजनितिमा आउनु भन्दा पहिले चौधरी ब्याकवार्ड सोसाईटी केन्द्र बेस नामक गैर संरकारी संस्थामा काम गर्दै आउनु भएको थियो ।

चौधरी २०७० सालमा काँग्रेसका तर्फबाट समानुपातिक तर्फबाट सभासद् बन्नु भएको थियो । चौधरी हाल श्रमतथा रोजगार राज्य मन्त्री रहनु भएको । बेस नामक गैर सरकारी संस्था मार्फत उहाँले थारु सुमदायलाई शिक्षा प्रदान गर्नका लागि भुमिका खेल्दै आउनु भएको थियो । चौधरी काँग्रेसका सभापति शेरबहादुर देउवा नजिककमा मान्छे मानिन्छ् । चौधरी प्रत्येक्ष रुपमा निर्वाचनमा लडेको यो पहिलो पटक हो । यद्यपी २०६४ सालमा भएको पहिलो संविद्यान सभाका नेकपा माओवादीले पनि पाँच वटै निर्वाचन क्षेत्रमा विजयी हात पारेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्