दाङ क्षेत्र नं. १ (क) मा ईन्द्रजीत थारु विजयी



जनक नेपाली

दाङ, २४ मंसिर । दाङ क्षेत्र नं. १ को प्रदेश सभा (क)मा ईन्द्रजीत थारु विजयी हुनु भएको छ । थारु ५ हजार ८ सय ९३ मत अन्तरले विजयी हुनु भएको हो । थारुले १७ हजार २ सय ८५ मत प्राप्त गर्नु भएको थियो भने उहाँ प्रतिदन्द्धी काँग्रेसका प्रदिप थापाले ११ हजार ३ सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । थारु जनयद्धका एक कुसल कमान्डर पनि मानिनु हुनुहुन्छ ।

थारु चुनावमा होमिए संगै दाङ क्षेत्र नं. १ लाई सर्वसाधारणले निकै चासोका साथ हेरेका थिए । यसको मुख्य कारण हो — नेपाली काँग्रेसका प्रभावशाली नेता खुम बहादुर खड्काको प्रभाव क्षेत्रका रुपमा यो निर्वाचन क्षेत्र रहेको छ । अर्काे तर्फ यो क्षेत्र चर्चामा रहनुको कारण खड्काको प्रभाव क्षेत्रका रुपमा लिईने यो क्षेत्रमा उनैलाई पराजीत गरेको माओबादी नेता इन्द्रजित थारु पनि पुनः यही क्षेत्रबाट निर्वाचनमा लडेका हिसावले निकै चासोका साथ हेरिएको थियो ।निर्वाचन संग सम्बद्ध तथ्य हरुलाई केलाइयो भने थारुले आफनो जीतलाई फेरी दोह¥याउन सफल हुनु भएको छ सो क्षेत्र बसोबासको दृष्किोणले बहुमत जनसंख्या थारु समुदायको छ ।

 

यसर्थ पनि सामुदायीक भावना आधारमा पनि इन्द्रजीतलाई बढी भन्दा बढी मत आउने आकलन गरिएको थियो ।थारु १६ , १७ वर्षको उमेरदेखि नै राजैतिक संघर्षमा होमिएका व्यक्ति हुन । जनयुद्धकाल भरी थारु माओबादीको नेतृत्वदायी भुमिका खेल्नु भएको थियो । यस्तै शान्तिप्रक्रियापछि पनि उनी अन्तरिम व्यवस्थापिका विधायक भए भने २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्य जित्नु भएको थियो । सभासद छँदा हाल निर्वाचन हुन थालेको मुलुकको साँगठनिक संरचना निर्माण गर्ने समितिका रुपमा रहेको राज्य पुर्नसंरचना समितिमा रहेर काम गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्