सैघाली खबर
नवलपुर,२५ मंसिर
नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर हृयाट्रिक गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।
चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउादा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।