गायक बिक्रम परीयारको “आधा मायामा” नामक गित सार्वजनिक



शिब खनाल, कपिलवस्तु / ०२ साउन ।
काठमाण्डौ लाइ कर्मथलो बनाएउदै आउनु भएका गायक बिक्रम परीयारको “आधा मायामा” गित भर्खरै मात्र सार्वजनिक भएको छ। बिक्रम परीयार र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेकोउक्त गित बजारमा पठाएका हुन् ।

आधा माया गितमा लोकप्रिय सर्जक प्रलाद सुबेदीको शब्द रहेको छ भने लोकप्रिय गायक एंवम सर्जक बसन्त थापाले लय गर्नु भको छ । स्रोता संगीतले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका सुनिल क्षेत्रीले गर्नु भएको छ भने छ ।

चर्चित एंवम लोकप्रिय नायक दिलिप रायमाझी र एश्वर्या सुनार को अभिनय रहेको छ । घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने बिक्रम राष्ट्रिय स्तरका गायकको सुचिमै पर्छन प्रतिभाका धनि गायक विक्रम आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उहा बताउनुहुन्छ ।

बिक्रमले २०७२ सालमा पहिलो पटक नेपाली लोक गित संगीत गितमा औपचारिक प्रवेश गर्नु भएको थियो । बिक्रमका चर्चित गितहरु चौतारीको बर ,गुन्ध्रुक मिठो सागको लगायत दर्जनौ मौलिक गितहरु बजारमा छ्न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्