दाङमा २५ हजार मत बदर मतदाता शिक्षाका लागि ५० लाख ३८ खर्च



जनक नेपाली
दाङ ,२५ मंसिर । दाङमा २५ हजार मत बदर भएको छ । विहिवार भएको प्रतिनिधी र प्रदेश सभा अन्तरगतको निर्वाचनका क्रममा जिल्ला कुल २५ हजार ६ सय ८५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । मंसिर २१ गते भएको निर्वाचनका लागि सर्वसाधारणका मतदाता शिक्षा दिनका लागि जिल्लामा ३ सय ९४ मतदाता शिक्षा स्वय्मसेबक समेत परिचालन गरिएको कार्यालय प्रमुख विजय कार्कीले जानकारी दिनुभयो ।

 

गत कार्तिक २५ गते देखि मंसिर २१ गते सम्म जिल्लाभर मतदाता शिक्षाका लागि स्वयमसेवक परिचालन गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला भर खटिएका ३ सय ९३ स्वय्मसेवकलाई ७ दिन सम्म मतदाता शिक्षा तालिम प्रदान गरि गाउँ गाउँमा परिचालन गरेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधी सभा अन्तरगत क्षेत्र नं. १ मा ५ हजार ४ क्षेत्र न.. २ मा ४ हजार २ सय ८४ र क्षेत्र नं. ३ मा ४ हजार ४ सय २८ गरी जम्मा १३ हजार ७ सय १६ मत बदर भएको कार्यालयको तथ्याङमा उल्लेख गरिएको छ ।

 

यस्तै प्रदेश सभा अन्तरगत क्षेत्र नं. १ को प्रदेश सभा १ मा २ हजार ६ सय ९५ , क्षेत्र नं. १ को प्रदेश सभा २ मा १ हजार ८ सय १ मत बदर भएको कार्यालयले जनाएको छ । क्षेत्र नं.२ को प्रदेश सभा १ मा १ हजार ७ सय ३२ , २ को प्रदेशसभा २ मा २ हजार ३५ र क्षेत्र नं. ३ को प्रदेश सभा १ मा १ हजार ७ सय ४ र ३ को प्रदेश सभा २ मा २ हजार २ मत बदर गरी जम्मा प्रदेश सभामा ११ हजार ९ सय ६९ मत बदर भएको कार्यालय जनाएको छ । जिल्लामा कुल ३ लाख ३८ हजार ९ सय ५२ जना मतदाता रहेका छन् । कुल मतदाता मध्य प्रतिनिधी सभाका लागि २ लाख २९ हजार २ सय ८७ मत खसेको थियो । कुल मतदाता मध्य प्रदेश सभाका लागि २ लाख २९ हजार २ सय ८० मत खसेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो । कार्यालय प्रमुख कार्कीका अनुसार सबै भन्दा बढी क्षे नं. १ को मत बदर भएका छ भने क्षेत्र नं. २ मध्यम र क्षेत्र नं. ३ मा सबैभन्दा कम मत बदर भएको वताउनुभयो ।

किनभयो मत बदर
मतदाता शिक्षा स्वयम्सेवक गाउँ गाउँमा नपुग्दा धेरै मत बदर भएको सर्वसाधारणले वताएका छन् । प्रत्येक मतदाताका घरमा पुग्ने भनेपनि मतदाता शिक्षा कार्यकर्ताहरु गाउँमा जान झन्जट मान्ने गरेका कारण समस्या देखिएकोे घोराहीकाक विष्णुराम चौधरीले वताउनुभयो । स्वयम्सेकहरु तालिम पाएपछि गाउँमा पुग्नु भन्दा आफ्ना पनि वरपर भएका सर्वसाधारणलाई मतदान गर्न सिकाएका कारण धेरैमत बदर भएको उहाँले बताउनुभयो

। मतदाता स्वयम्सेवकको वचाउँ गर्दै जिल्ला निर्वाचन कार्यालयका प्रमुख कार्कीले मतदाता शिक्षा सम्बन्धि सामग्री ढिलो आएका कारण समस्या भएको वताउनुभयो । एक मतदाता गाउँमा खेति किसान गर्ने मान्छे र साक्षरता कम भएको हुनाले समस्या देखिएको बताउनुभयो । अन्य जिल्लामा भन्दा दाङमा कम मत बदर भएको वताउँदै मतदाता स्वयमसेवकले मात्र मत बदर कम गर्न नसक्ने वताउनुभयो ।
मतदाता शिक्षाका लागि ४७ लाख २८ खर्च
दाङमा मतदाता शिक्षाका लागि ५० लाख ३८ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । तालिम भत्ता ७ सय ,मतदाता शिक्षाका लागि एक महिनको परिश्रमिक बाफत १२ हजार र गाडीभाडा, सामान धुवानी वाफत २ सय ५० अन्य खर्च गरी जम्मा ५० लाख ३८ हजार रुपैयाँँ खर्च भएको कार्यालय जनाएको छ । कार्यालय बाट मतदाता शिक्षाका लागि मोटो रकम खर्च भएपनि उपलब्धि भने कममात्र प्राप्त भएको कार्यालले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्