रोल्पामा समानुपातिकमा माओवादी पहिलो



सैघाली खबर,
रोल्पा २७ मसिरं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र पहिलो भएको छ ।
प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली कांग्रेसले चौध हजार ४१८ र नेकपा एमालेले दश हजार २७१ मत पाएका छन् ।
जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माले, नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन् । सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्