मुख्य मन्त्रीमा पोखरेलकै दावी



सैघाली खबर

दाङ, २७ । प्रदेश नम्बर ५ पूर्वमा नवलपुरदेखि पश्चिमा दाङसम्म पहाडमा पाल्पा अर्घाखाची र गुल्मीको भूगोल पर्छ । यो भूगोलको बारेमा पहिला नै धेरै विवाद पनि भएको थियो । तर अहिले यो भूगोल यथावत रहेको छ । यहिलाई आधारमानेर निर्वाचन भएको छ । यो प्रदेशबाट धेरै जना मुख्यमन्त्रीका दाबेरदार नभएपनि हेभीवेट नेता मुख्यमन्त्री पाउनेमा यो प्रदेश पनि पर्छ । माओवादी र एमालेको वामगठबन्धनबाट मुख्यमन्त्रीका एक्ला दाबेदार हुन एमालेका स्थायी समिति सदस्य शंकर पोखरेल । उनी दाङ क्षेत्र नं २ को प्रदेश सभा क बाट २० हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन् ।

उनको पहिलो चाहना त संघीय सभामा लड्ने थियो । तर जव वामगठबन्धन बन्यो उनले दाङ २ नं क्षेत्र छोड्नु प¥यो । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा त्यो क्षेत्रबाट संघको लागि चुनाव लड्ने भएपछि उनको भागमा मुख्यमन्त्री सहितको प्रदेश सभा प¥यो ।  उनले आफूनै ५ नं प्रदेशको मुख्यमन्त्री हुने भन्दै मतदाताहरुसंग भोट मागेका छन् ।  उनले मतदाताहरुसँग प्रदेशको राजधानी दाङ बनाउने बचन पनि दिएका छन् । ५ नम्बर प्रदेशमा वाम गठबन्धनले २४ सिट जितेको छ । जसमा एमालेको २७ र माओवादी केन्द्रको १५ सिट छ ।

 

उनी अब ५ नं प्रदेशमा मुख्यमन्त्रीका एक्ला दाबेदार हुन् । जनतामाझ स्थायी सरकार र समृद्धिको नारा लगाएका छन् । जनु नारा अहिले वामगठबन्धनको प्रमुख नारा हो । पूर्व पश्चिम रेल लगायतका विकासका योजनाहरुपनि क जनतामाझ सुनाएका छन् । अहिले पनि राजधानी कहाँ हुने भन्नेमा यो प्रदेशमा अन्यौल नै छ । हुन त यहाँ माओवादी केन्द्रले पनि १५ सिट जितेको छ । तर शंकर पोख्रेलेको अगाडि माओवादीका नेताहरु मुख्यमन्त्रीको दाबी नगर्ने बताइन्छ । उनी एमालेको स्कुलिङ विभाग प्रमुख समेत हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्