मुआब्जा दिन न बजेट न प्राविधिक



सैघाली खबर
दाङ ,२८ मंसिर


लमहि कोइलावास हुलाकी सडक प्रभावित मुआब्जा दिने तयारी भएको भए पनि बजेट अभार नापी शाखा कार्यलयका कारण केहि ढिलाई भएको लमहि नगरपालिकाका मेयर कुल बहादुर केसीले जानकारी दिनुभयो ।
मुआब्जा दिने तयारी भएता पनि खातामा जम्मा १ करोड मात्र रकम नेपाल सरकारले पठाएकोले मुआब्जा वितरणमा ढिलाई भएको बताउनु भयो । अर्कोतिर नापी शाखा कार्यलय लमहीमा कर्मचारीको अभावमा कित्ताकाट नक्सांकान गर्ने काम ढिलाइ भएको पनि केसीले बताउनुभयो ।
सडक निर्माणको जिम्मा लिइको निर्माण कम्पनीले भने मुआब्जा वितरण गरी अवरोध हटाउन अमही नगरपालिकामा दबाब दिन थालेको छ ।
नेपाल सरकारको बजेट निर्वाचनमा खर्चिएपछि मुआब्जाका लागी बजेट नआएको पहिलो कारण र नापीशाखाले समेत काम गर्न ढिलाइ गर्नुले समयमै मुआब्जा वितरण हुन नसकेको पनि लमही नगरपालिकाका मेयर केसीले जानकारी दिनुभयो ।
लमही कोइलाबास सडको स्तरवृद्धिसंगै हुलाकी सडक निर्माण गर्दा स्थानियबासीको स्वामित्वकमा रहेका घर जग्गा परेपछि सरकारले मुआब्जा दिने निर्णय गरेको हो ।

उनिहरुलाई नेपाल सरकारले चलनचल्ती अनुसार मालपोत कार्यलयले तोके बमोजिम मुआब्जा दिई सडको जग्गा खाली गराउन लागेको हो । मालपोत कार्यलयको सिपारिसमा लमही बजार क्षेत्र भित्र एक वर्ग मिटर बराबर ७ हजार मुल्यांकन गरी त्यसको दोब्बर मुआब्जा पाउने भएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्