दाङमा समानुपातिकतर्फ प्रतिनिधी र प्रदेशसभा दुबैमा काँग्रेसअगाडी



 

 

सैघाली खबर
दाङ २८ मंसिर । गत विहिवार भएको प्रतिनिधी र प्रदेश सभाको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । प्रत्यक्ष अन्तरगत प्रतिनिधी र प्रदेश सभाको मत परिणाम गत आईतवार नै सार्वजनिक भएको थियो । जिल्लाका ९ वाट निर्वाचन क्षेत्र मध्य आठ स्थानमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने एक स्थानमा काँग्रेस बिजयी भएको थियो । प्रतिनिधी सभा क्षेत्र नं. १ मा मेटमणी चौधरी १ को प्रदेश क माओवादी केन्द्रका ईन्द«जीत थारु ख एमालेका रेवतीरमण शर्मा विजयी हुनु भएको थियो ।

क्षेत्र नं. २ को प्रतिनीधी सभा उपप्रधानमन्त्री कृष्णबहादुर महरा २ क शंकर पोखरेल , ख अम्मरबहादुर डाँगी र क्षेत्र नं. ३ को प्रतिनिधी सभाका एमालेका हिरा चन्द«केसी, ३ को क काँग्रेसका डिल्ली चौधरी, ख मा एमालेका उत्तरकुमार ओली विजयी हुन भएको थियो । प्रत्येक्ष तर्फ जिल्लामा बाम गठबन्धन अगाडी देखिएपनि समानुपातिक तर्फ काँग्रेस नै अगाडी देखिएको छ । समानुपातिक तर्फको मत हेर्दा जिल्लामा काँग्रेस प्रतिनिधी र प्रदेश सभा दुबैमा अगाडी देखिएको छ । काँग्रेसले प्रतिनिधी सभातर्फ ७३ हजार ९ सय ९३ मत प्राप्त गरेको भने प्रदेश सभा अन्तरगत ६९ हजार ६५ मत प्राप्त गरेको छ । दोश्रोमा एमाले ले ७३ हजार ११ मत प्राप्त गरेको देखिन्छ भने प्रदेश सभातर्फ ६५ हजार १ सय ६७ मत प्राप्त गरेको छ ।

एमाले भन्दा काँग्रेस ९ सय ८२ मतले अगाडी देखिन्छ । प्रदेश सभा तर्फ ३ हजार ८ सय ९८ मतले अघि छ । त्यस्तै माओवादी केन्द्रले प्रतिनिधी सभामा ४३ हजार १ सय ९५ मत र प्रदेश सभा अन्तरगत ४४ हजार ८ सय १७ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधीसभा तर्फ ४ हजार ६ सय ८९ प्रदेशतर्फ ४ हजार ६ सय ३मत प्राप्त गरेको छ । विवेकशीलसाझा पार्टी प्रतिनिधी सभातर्फ ४ हजार ५ सय ९१ र प्रदेशसभामा ३ हजार २ सय ४३ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाले प्रतिनिधी सभामरप्रदेश सभामा १ हजार ९ सय ५१ प्राप्त गरेको छ । नेकपा मालेले प्रतिनिधी सभामा १ हजार ३ सय ८६ र प्रदेशसभा १ हजार ४ सय ६२मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभयो । यस बाहेक जिल्लाका अन्य दलहरुले एक हजार मत प्राप्त गर्न सकेका छैनन ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्