डेढ लाख सहित जुवाडे पक्राउ




सैघाली खबर

दाङ १ पुस ।ईलाका प्रहरी कार्यालय तुलसिपुरले करिब डेढ लाख रुपैया सहित ववई गाउपालिकाबाट जुवाडे पक्राउ गरेको छ ।सादा पोशाकमा खटिएको प्रहरी टोलीले ववई ४ कंचनपुरबाट १ लाख ३५ हजार रुपैया सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।साथै जुवा खेल्न प्रयोग भएको तास सहित उनीहरुलाई पक्राउ गरी थप अनुसन्धनका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । ​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्