तापक्रम घटे सँगै काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्यो



सैघाली खबर
काठमाडौं, २ पुस

तापक्रम घटेसँगै काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । तराई प्राय सबै जिल्लामा हुस्सु लागेको बरिष्ठ मौसम विद् मीन अर्यालले जानकारी दिनुभयो ।

हिमाली जिल्लामा अत्याधिक चिसो बढेको छ । आजसबै भन्दाचिसो जुम्लामा छ । जुम्लाको न्युनतम तापक्रम माइनस ४ दशमलब ४ डिग्री सेल्सियस छ ।

दोलखाको जिरीमा पनि तापक्रम माइनसमा झरेको छ । जिरीको न्युनतम तापक्रम माइनस १ दशमलब ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंकोे न्यूनतम् तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको अर्यालले जानकारी दिनुभयो ।

उपत्यकाको तापक्रम शून्य डिग्री सम्म पुग्न सक्ने अनुमान गरिएको छ । दुई दिनदेखि चिसो बढेपछि उपत्यका सहित देशभर यसको प्रभाव सर्वसाधारणमा परेको छ । खासगरी चिसोबाट बच्न बालबालिका र ज्येष्ठ नागरिक सजक हुनुपर्ने विशेषज्ञले औंल्याएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्