सगरमाथा नाप्न सुरु, भारत र चीनलाई आधार मान्ने



सैघाली खबर
काठमाडौं ,६ पुस

नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ। भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०, ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए।

विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७० वर्षपछि नेपालले मापन थालेको हो। सगरमाथाको उचाइ अन्य देशले मापन गरे पनि नेपालले पहिलो पटक मापन सुुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टले जानकारी दिए।

‘हामी शताब्दीभन्दा पछि परेका छौं, विश्वव्यापी प्रविधि अपनाएर मापनलाई विश्वसनीय बनाउन लागिपरेका छौं’, भट्टले भने।
मंसिर २५ र २६ मा अमेरिका, जपान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग छलफल गर्दा आएको सुझावका आधारमा उचाइ मापन कार्य अघि बढाइएको विभागले जनाएको छ। छलफलमा दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोगर विल्हाम समेत सहभागी थिए।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मापन कार्य गर्न ५० किलोमिटर टाढाको भारतीय भूमिबाट समुद्री सतहको आधार लिइनेछ। ८० प्राविधिक प्रत्यक्ष खट्ने भए पनि विश्वव्यापी मान्यता दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र अनुभवी सगरमाथा आरोहीको सहभागिता जुटाइनेछ। मापनका लागि करिब २५ करोड बजेट खर्च लाग्ने अनुमान गरिएको छ। भौगोलिक संरचना, भूकम्प र जलवायु परिवर्तनले हिउँ पग्लँदा उचाइ तल–माथि भएको हुन सक्ने अनुमान गरिएको छ।

 

नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ। भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम ९जीपीएस०, ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए।

विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७० वर्षपछि नेपालले मापन थालेको हो। सगरमाथाको उचाइ अन्य देशले मापन गरे पनि नेपालले पहिलो पटक मापन सुुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टले जानकारी दिए।

‘हामी शताब्दीभन्दा पछि परेका छौं, विश्वव्यापी प्रविधि अपनाएर मापनलाई विश्वसनीय बनाउन लागिपरेका छौं’, भट्टले भने।
मंसिर २५ र २६ मा अमेरिका, जपान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग छलफल गर्दा आएको सुझावका आधारमा उचाइ मापन कार्य अघि बढाइएको विभागले जनाएको छ।

छलफलमा दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोगर विल्हाम समेत सहभागी थिए।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मापन कार्य गर्न ५० किलोमिटर टाढाको भारतीय भूमिबाट समुद्री सतहको आधार लिइनेछ। ८० प्राविधिक प्रत्यक्ष खट्ने भए पनि विश्वव्यापी मान्यता दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र अनुभवी सगरमाथा आरोहीको सहभागिता जुटाइनेछ। मापनका लागि करिब २५ करोड बजेट खर्च लाग्ने अनुमान गरिएको छ। भौगोलिक संरचना, भूकम्प र जलवायु परिवर्तनले हिउँ पग्लँदा उचाइ तल–माथि भएको हुन सक्ने अनुमान गरिएको छ।

 

विभागले नापजाँच गरी यकिन उचाइ सरकारलाई उपलब्ध गराएपछि यसैलाई आधिकारिक बनाइनेछ।
भारतले सगरमाथालाई सुरुमा पिक १५ को नाम दिएको थियो। सन् १८४७ मा पहिचान भएपछि सर्भे अफ इन्डियाले मापन गरेपछि यसको उचाइ ८७७८ मिटर रहँदा विश्वकै अग्लो शिखरका रूपमा कायम भएर यसको नाम एभरेष्ट राखिएको थियो। उचाइ मापन मात्र नभएर सगरमाथामुनि समुद्रको स्वरूप कस्तो छ भन्ने वैज्ञानिक अध्ययनसमेत गरिनेछ।

उचाइ मापनका लागि सिरहाको मिर्चैया र नजिकको भारतको सीमाबाट उचाइ मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको टाक्सिन्दु, पिके, सोलुङ र छुल्यामुसम्मका १२ वटा विन्दुलाई जिपिएस सर्भे गरिनेछ।
सगरमाथालाई सन् १९४९र१८५० मा सर्भे अफ इन्डियाले नै मापन गर्दा ८८४० मिटर निर्धारण भएको थियो। सन् १९५४ मा एसओआईका विएल गुलाटीले मापन गर्दा ८८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा ८८४८।४३ मिटर कायम भएको दाबी गरेको थियो।

सन् १९९९ मा बुस्टोन म्युजिएम अफ साइन्स युनाइटेड स्टेटका प्रोफेसर व्रड बास्र्बनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्दा ८८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो। तर, नेपाल सरकारले भने आईएसओले मापन गरेको ८८४८ मिटरलाई हालसम्म आधिकारिक उचाइ मान्दै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्