प्रचण्डको हातबाट नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’ पाउने भाग्यमानी ब्यक्ती को हुन् त?



काठमाडौं,
पौष ९ ।

सङ्गीतकार सन्तोष श्रेष्ठलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ । नेपाल जेसीज केन्द्रीय कार्यालयद्वारा नेपाली साहित्य, कला, सङ्गीत तथा संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए बाफत प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट युवा पुरस्कार यस वर्ष उनलाई प्रदान गरिएको हो ।

पुरस्कार छनौट जेसी लालमणी पन्तको संयोजकत्वमा छनौट गरिएको हो । साहित्य, कला, सङ्गीत तथा संस्कृति विधाको प्रतिनिधित्व गर्दै उत्कृष्ट युवा छनौट समिति–२०१७ले यस वर्षको ‘उत्कृष्ट युवा पुरस्कार– २०१७’ सन्तोषलाई छनौट गरेको थियो ।

नेपाल जेसीजको ४४औं महाधिवेशनको अवसरमा शनिबार भैरहवामा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल प्रचण्ड र जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले सामूहिकरूपमा ताम्रपत्र, स्वर्ण पदक र नगद सहित पुरस्कृत गरे ।

उत्कृष्ट युवा पुरस्कारको लागि सङ्गीतकार सन्तोष श्रेष्ठलाई त्रिभुवननगर जेसीजले राष्ट्रिय समितिलाई सिफारिस गरेर पठाएको थियोे ।

सन्तोष श्रेष्ठले सङ्गीत भरेका धेरै गीतले चर्चा पाउन सफल हुनुका साथै लोकप्रिय रहेकाछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्