यस कारण भयो दाङमा शान्ति पूर्ण निर्वाचन 



जनक नेपाली 

दाङ, १२ पुस । मंसिर २१ गते भएको प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन दाङमा शान्ति पूर्ण रुपमा सम्पन्न भएको निष्कर्ष निकालेका छन् । नागरिक समाज, राजनितिक दल, पत्रकार ,निर्वाचन कार्यालय, जिल्ला प्रशासन, प्रहरीले जिल्लामा शान्ति पूर्ण रुपमा निर्वाचन भएको बताएका हुन । मुख्य निर्वाचन कार्यालय सहित निर्वाचनका लागि स्थापना गरिएका कार्यालयहरुको आज विधिवत रुपमा अन्त्य गर्दै यस्तो वताएका हुन ।

नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मी र मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले मुख्य निर्वाचन अधिकृतको वोर्ड हटाउँदै विधिबत रुपमा निर्बाचन कार्यालयको अन्त्य गरेको घोषणा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सम्पूर्ण मतदातका कारण निर्वाचन निर्वाचन सफल भएको मा सबैलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।  भय र त्रासका विचबाट निर्वाचन सम्पन्न भएको वताउँदै त्यसका लागि सम्पूर्ण सरोकारवालाहरुलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

जिल्लाका सम्पुर्ण राजनितिक दलहरुले पूर्ण रुपमा कानुनको  आचार संहिताको पुर्ण पालनका गरेका कारण निर्वाचन सफल भएको वताउँनुभयो ।  दाङको निर्वाचन देशकै नमुना योग्य भएको वताउँदै त्यसका त्यसलाई देशभर सिक्नु पर्ने वताउँनुभयो । रावलले भन्नुभयो जिल्लामा कुनै अप्रिय घटना नघट्ेनन बरु सबैको सहयोग पाएर अगाडी बढ्यौ उहाँले भन्नुभयो ।  संविधान कार्यान्वयको चरणमा आफुहरु जुटेको वताउँदै त्यसलाई सबैले सहयोग गरेको वताउनुभयो ।
नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीले मुलुकले अव राजिनितिक स्थायित्व  प्राप्त गर्ने भन्दै देश विकासका लागी सबै एक ठाउँमा आउनु पर्ने उल्लेख गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानरपालिकाका उप मेयर नरुलाल चौधरी, पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सूदीप गौतम, एमालेका सुरामणी बेलवासे, माओवादी केन्द्रका निर्मल आचार्य ,काग्रेसका शंकर डाँगी,  लगाएतले वोल्नु भएको थियो । कार्यक्रम मुख्य निर्वाचन अधिकृत हेमन्त रावललको अध्यक्षता एवं नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मीको प्रमुख आतथ्यतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्