विद्युत् खरिद सम्झौता नवीकरण



सैघाली खबर
काठमाडौं ,१३ पुस

नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेड बीच आगामी चैत १५ गते सम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्ग बीच बुधबार भारतको नयाँ दिल्ली स्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो ।

कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिनुभएको छ । प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारी बीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायत विषयमा छलफल भएको थियो ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारण लाइन बाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्