अरुले हेरे राम घनश्यामले गरे काम



सैघाली खबर ,

दाङ, १५ पुस ।
यही पुस २३ गते देखि दाङमा नियमित हवाई सेवा संचालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको सक्रियतामा पटक दाङमा हवाई सञ्चालनमा आउन लागेको हो । पटक पटक नियमति विमान सञ्चालनका लागी पहल भएपनि हाल सम्म सफल हुन सकेको थिएन ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र समिट इयरका सिइओ मनोज कार्कीले विहिवार काठमाडौमा सहमति भएपछि हवाई सेवा सञ्चालनमा आउन थालेको मेयर पाण्डले जानकारी दिनुभयो । सहमति अनुसार तत्कालका लागि सातामा दुईपटक आइतवार र शुक्रवार हवाई सेवा सञ्चालनमा आउने सहमति भएको हो ।

तुलसीपुरदेखि काठमाडौसम्म डाइरेक्ट उडान हुने सहमति भएको पनि मेयर पाण्डेले जानकारी दिनुभयो । अहिलेलाई काठमाडौबाट आउँदा १६ र जाँदा १८ यात्रु वोक्ने गरी सहमति भएको पाण्डेले जानकारी दिनुभयो । प्लेनको भाडादर ६ हजार ६ सय र ७ हजार भाडा तोकिएपनि दैनिक उडान भएपछि केही घट्ने पनि उहाले जानकारी । मेयर पाण्डेले सैघाली खबर संग कुरा गर्दै प्लेन चलेन भनेर बोल्ने हरुलाई प्लेन चडेर देखाउन आग्रह गर्नुभयो ।

तुलसीपुरमा एयरपोर्ट सञ्चालनमा नआँउदा दाङका अधिकासं यात्रु नेपालगञ्ज र भैरहवाबाट यात्रा गर्न वाध्य भएका थिए । यस्तै पाण्डेले ईन्धनको आपूती व्यवस्था मिलाउन वाउजर मेसिन र ट्याङ्रका लागि आपूर्ति मन्त्रालयसँग पनि कुरा भइरहेको समेत जानकारी दिनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञवहादुर केसी र पारिवारिक नीजि वनका केन्द्रीय अध्यक्ष जोगराज गिरीको पनि उपस्थिति रहेको थियो ।

फाट्टफुट्ट सेवा

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल ०४७ सम्म फाट्टफुट्ट जहाज संचालनमा आएपनि  ०४९ देखि ०५२ सालसम्म नियमित उडान भरेको थियो ।०५३ देखि ०६० सालसम्म सेवा अवरुद्ध भयो । फेरि ०६० सालदेखि उडान शुरु भयो र मंसिर ०६६ सम्म नियमित सञ्चालन भयो । १४ जेठ ०७१ देखि नियमित हवाई सेवा शुरु भयो, जुन नौ महिनापछि पुनः फेरी २०७४ पुस २३ गते देखि उडान भर्ने तयारीमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्