तुलसीपुरमा अब इन्धन डिपो



 

सैघाली खबर
दाङ,१६ पुस । तुलसीपुर उपमहानगर कार्यपालिकाको वैठकले टरिगाउँ एयरपोर्ट सञ्चालन गर्न तत्कालका लागि नेपालगन्जवाट इन्धन ल्याउने निर्णय गरेको छ । टरिगाउँ एयरपोर्टमा विमानसेवा सञ्चालनका लागि पहल कदमी लिएको उपमहानगरले इन्धनका वारेमा यस्तो निर्णय गरेसँगै विमान सेवा सञ्चालनका लागि वाटो खुलेको हो । अव तुलसीपुरदेखि काठमाडौसम्म सिधै हवाइ सेवा सञ्चालन हुनेछ । यसैगरि इन्धन डिपो सञ्चालन गर्नका लागि उपयुक्त जग्गाको खोजि गर्न कार्यपालिकाको वैठकले उप समिति समेत वनाएको प्रवक्ता श्याम डाँगीले वताए । उनले तत्कालका लागि सातामा दुइपटक विमान सेवा सञ्चालन गर्ने निर्णय गरेको समेत वताए ।

इन्धन डिपो सञ्चालनका लागि वैठकले ९ सदस्य उपसमिति समेत वनाएको छ । जसका सदस्यहरुमा वडाध्यक्षहरु सुर्यवहादुर डाँगी, नवराज लामिछाने, टोपवहादुर केसी,कुमार लामिछाने, घनश्याम ढकाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञवहादुर केसी नगरपालिकाका इन्जिनियर पवन योगी रहेका छन् । समितिलाई दुई हप्ता भित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । यसैगरि टरिगाउँ विमानस्थलको धावनमार्ग साँघुरो भएकाले ठूला जहाजको उडान भर्नका लागि एयरपोर्ट विस्तारको विकल्पको खोजि गर्ने निर्णय गरेको पनि प्रवक्ता डाँगीले वताए । राप्तीलाई पर्यटकको हवका रुपमा विकास गर्न सके विमान सञ्चालनको केन्द्रका रुपमा टरिगाउँ विमानस्थल रहने भएकाले पर्यटकीय विकासका लागि पहल गर्ने निर्णय समेत कार्यपालिकाको वैठकले गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्