सल्यानको कालिमाटी गाउँपालिकामा पुरै अध्यारो



 

शंकर के सी,

सल्यान, १७ पुस । सल्यानको कालिमाटी गाउँपालिका पुरै अन्धकारमा परिणत भएको छ ।उक्त गाँउ पालिकाकामा विद्युत नपुग्दा गाउँपालिकाका सबै सर्वसाधारण अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अभावमा गाँउपालिका झनै प्रभावित बनेको छ ।

 

स्थानीय सरकारको रुपमा रहेको गाउँपालिका कार्यालयले नागरिकलाइ सेवा प्रवाह गर्दा विद्युत अभावमा प्रभावकारी हुन नसकेको पाइएको छ । भने दैनिक कार्य सम्पादनमा समेत बाधा पुग्ने गरेको छ । कालिमाटी गाउापालिकाका अध्यक्ष दान बहादुर केसीले विजुलि वत्ती नहुँदा उत्पन्न हुने समस्या आफुहरुले झेल्नु परिरहेको बताउनुभयो ।

विजुली नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ, विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ ।’ कतीपयले वैकल्पीक उर्जाको रुपमा सोलार जोडेको भएपनि अझै स्थानीयहरु टुकी बालेर अध्यारो हटाउनुपर्ने बाध्यतामा रहेको गाउापालिका उपाध्यक्ष शनशिलता ओलीले बताइन् ।

‘गाउँपालिकाबासिलाइ कुटान, पिसान देखि लिएर मोवायल चार्ज गर्न समेत समस्या छ,’ उनले भनिन् ‘गाउँपालिकाको कार्यालयमा पनि कर्मचारिहरुले विजुलि अभावमा काम गर्न कठिनाइ हुने गरेको सुनाइरहन्छन् ।’ अन्धकार हटाउने र विद्युत भित्राउने भन्दै गाउँपालिकाले आर्थीक वर्ष २०७४/०७५ का लागी एक करोड पचास लाख रुपैया विनियोजन गरेको छ ।

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्राउने तयारिमा आफुहरु लागेको उपाध्यक्ष ओलिले बताइन् । विद्युतको पोल गाड्ने जिम्मा पाएको ठेकेदारको ठिलासुस्तीले गर्दा पनि कालिमाटी गाउापालिकालाइ विद्युतको पहुँचमा पुर्याउन समस्या भइरहेको गाउँपालिकाले जानकारि दिएको छ । अध्यक्ष केसीले भने गएको भदौमा नै ठेकेदारले पोल गाड्ने जिम्मा पाएको हो तर उसकै ठिलासुस्तीले गर्दा विजुली बाल्ने गाउँपालिकावासिको रहर पुरा हुन सकेको छैन ।

विजुलि भित्राएपछि आफुहरु टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागी काम अगाडी बढाउने तयारिमा रहेको केसीले बताए । विजुलि अभावकै कारण टेलिफोनको समस्या आइपरेको उनको भनाइ छ । अहिले गाउापालिकाको वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काइ तथा एनसेलले आंशिक रुपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ ।

विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण बिकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ । बैंक नहुँदा सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्