गोर्खा उच्च मा.बि. २० औ बर्षमा – गोर्खा ग्रुप मातहतको शिक्षा अब अन्तराष्ट्रिय स्तरको हुने



सैघाली खबर
दाङ, १७ पुस । गोर्खा उच्च माध्यमिक विद्यालय घोराही २० बर्षमा प्रबेश गरेको छ । बिद्यालयले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो २० औ वार्षिक उत्सब एवं अभिभावक दिवस मनाएको हो । बार्षिक उत्सवमा बोल्दै विद्यालयका सि.ई.ओ. नवल सिंह घर्तीले विद्यालय अब अन्तराष्ट्रिय स्तरको मापदण्डका पढन पाठन चालन गर्ने तयारीमा जुटेको वताउनुभयो ।

बिद्यालयले भौतिक निर्माणका सम्पुर्ण काम पुरा गरी सकेको वताउँदै गुणस्तरिय शिक्षाका लागी पहल थाल्ने वताउनुभयो । घर्तीले अब गोर्खा ग्रुप मातहतका सबै शिक्षा प्रणाली अन्तराष्ट्रिय स्तरमा जाने वताउनुभयो ।बालकको शैक्षिक विकासका लागि उसको श्रृजनात्मक विकासमा ध्यान दिनुर्पे वताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले समय साँपेक्ष अनुसार शिक्षा परिमाणर्जित गर्दै लग्नु पर्ने वताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले शिक्षाले असल र सफल जनशक्ति उत्पादन गर्न सकेमात्र देश विकासमा टेवा पुग्ने वताउनुभयो । गुणस्तरिय शिक्षा आजको आबश्यकता भएको वताउँदै सबैले गुणस्तरिय शिक्षाका लागि जोड दिनुपर्ने बताउनुभयो । यस्तै २० औ बार्षीक उत्सवको अवसरमा गोरखा उच्च माबिले आफ्नो द गोर्खा म्याग्जिनको बिमोचन गरिएको छ । म्याग्जिनको प्रमुख जिल्ला अधिकारी र अध्यक्ष मानबहादुर बुढाले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियाशन, प्याप्सन दाङका अध्यक्ष यादब गरी अभिभावक नारायण पुरी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्