पर्वतको रानीपानीमा रण बहादुर आलेको नेतृत्वमा १५ सदस्यीय तरुण दल गठन



अमृत भट्टराई / विहादी , पर्वत । नेपाल तरुण दल बिहादी गाउँपालिका ले वडा स्तरीय अधिवेशन रानीपानीमा सम्पन्न गरेको छ ।
शनिबार बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा एक कार्यक्रमका बीच रण बहादुर आलेको नेतृत्वमा नेपाल तरुण दल रानीपानी पुर्न गठन गरेको हो । जसको उपाध्यक्षमा पोष्ट बहादुर कुवर सचिव निर्मला सुवेदी कोषाध्यक्ष लक्ष्मी न्यौपाने रहनु भएको छ भने सदस्यहरू मा
मिलन क्षेत्री ,सन्तोष पराजुली ,राधिका परियार ,महेन्द्र सुनार ,दुर्गा भट्टराई ,राम बहादुर थापा , वीर बहादुर नेपाली ,सुर्य प्रसाद पराजुली ,अमृत पराजुली ,नरमाया सुनार ,राधिका अधिकारी लगायतका सदस्य रहेका छन् । बिहादी गाउँपालिका नेपाल तरुण दलका अध्यक्ष नवीन गुरुङ , बिहादी गाउँपालिका तरुण दलका सचिव गंगा श्रेष्ठ , नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य हक बहादुर सुनार , नवराज पराजुली , नेपाली काँग्रेस रानीपानिका का सचिव जयलाल पौडेल ,नेपाली काँग्रेस रानीपानीका सदस्य धन बहादुर क्षेत्री , भक्ति गुरुङ लगाएका को कार्यक्रममा उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्