जेसीजले सक्षम नेतृत्व उत्पादन गर्छ



तुलसीपुर जेसिजको नयाँ नेतृत्व चयन भएको छ । नेत्तृत्व र ब्यक्तीत्वविकास गर्ने संस्थाको रुपमाचिनिएको जेसिजको तुलसीपुर शाखाको बर्ष २०१८ को अध्यक्षमा दिपेश भण्डारी चयन भएको छ । जेसिजकाअध्यक्ष भण्डारीसंग दिपक बोहराले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुतगरिएको छ ।

जेसीजज कस्तो खालको संस्था हो 
जेसिज गैरसरकारी संस्था होइन यो त विश्वव्यापी संञ्जाल भएको सिक्ने र सिकाउने थलो हो । यसवाट युवाहरुले नेत्तृत्व विकास, क्षमता विकासका विभिन्न तालिम,गोष्ठी, भ्रमण लगायतका विभिन्न अवसरहरु पाउने गरेका छन । यस्ता अवसरहरुले समाजको जुनसुकै क्षेत्रमा क्रियाशील भएता पनि आफुलाई स्थापित गराउन सजिलो हुन्छ । त्यसैले युवाहरुमा निहित रहेका विभिन्न क्षमताहरुलाई प्रस्फुटन गर्न र समाजको नेत्तृत्वका लागी आवश्यक सीप, कौशल, ज्ञान हासिल गर्नका लागी जेसीज जउपयुक्तथलो हो भन्ने लाग्छ । यी कारणहरुले गर्दा पनि जेसी जमायुवाहरु आवद्ध हुन आवश्यकछ ।साथै जेसिजमा अबद्ध ब्यक्तिहरु जुनसुकै क्षेत्रको नेतृत्वगर्न सक्ने क्षमताशिर्जन हुन्छ । उदाहरणका लागि मलाई नै हेर्न सक्नु हुन्छ । म जेसीजमा आबद्ध भएको ४ बर्ष भयो । यस अघि म कुनै पनि कार्यक्रममा अगाडि गएर बोल्न नसक्ने अबस्थामा थिए ।अहिले जेसीजको तुलसीपुर शाखाको नेतृत्व लिन सक्ने भईसकेको छु ।

जेसीज मायुवाहरु किन आबद्ध हुने ?
युवाहरुले जेसिजमाआफनो व्यक्तिगतविकास गराई सक्षम, सफल, अनुशाशित र योग्यव्यक्तिबन्नलाई सहायक सिद्ध हुनुका साथै विश्व भरीका जेसिज सदस्यहरुसँग सम्बन्धको विकास गरी वैश्विकव्यक्तिहुनुका साथै अन्तराष्ट्रिय स्तर सम्म आफनो व्यावसायको प्रभावलाई वढाउन सकिन्छ ।

जेसीजले सामाजिक कामहरुमा पनि हात हाल्छ ?
जेसीजले सामाजिक काममा पनि अग्रसरता देखाउँदै आएको छ । जस्तौ हाम्रो पहलमा तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रको पर्यटकीय गन्तब्यका रुपमा रहेको चमेरे गुफा संरक्षणका लागि ४० लाख बजेट पार्न सफलभएका छौं । यस्तै तुलसीपुर क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेका थियौं । यस्तै हामीले बिभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छौं । आउँदा दिनमा पनि सामाजिक कार्यलाई ब्यापक बनाएर लैजाने छौं ।  हामीले सतेतना फैलाउने खालका बिभिन्न कामहरु पनि गर्दै आएका छौं । जस्तै ट्राफिक निमय, लागु औषध दुव्यर्सनी अन्त्य गर्र्न लगायत बिभिन्न सचेतना मुलक कार्यक्रम गरेका छौं ।

जेसीजलाई धनि र पुँजी पतिको सँस्थाहो भन्ने बुझाई छनी?
जेसीज लाग्नेहरु पुँजी पतिवर्गका मात्र हुन्छन भन्ने सोचाई गलत छ बरु मेरो बिचारमा त जेसिज धनी बनाउने सँस्था चै पक्कै हो । यहाँ संसार भरीका उद्यमी र व्यावसायी व्यक्तित्वहरु बिच सम्बन्ध, सहकार्य तथा अन्तक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरुलाई उपयोग गर्न सकिन्छ । तर जेसीज पछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागीहुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरुमा त्यस्तो भ्रम उत्पन्न भएको जेसीज अन्य संस्था भन्दा सस्तो छ ।

जेसीजमा कस्ता व्यक्ति आबद्ध हुन्छन् ?
१८ देखि ४० बर्ष उमेर भित्रका जुन सुकै ब्यक्ति पनि आबद्ध हुन पाउनु हुन्छ । हजार रुपैयाँ सदस्यता शुल्क तोकेका छौं । तुलसीपुरमा बाहिरी जिल्लाबाट पनि युवाहरु आउनु भएको छ उहाँहरुले पनि जेसीज आबद्ध हुन पाउँनु हुन्छ रु सबै युवाहरुले जेसीज आबद्ध हुन पाउँनु हुन्छ । तुलसीपुर जेसिजमा आबद्ध हुनलाई तुलसीपुर बासीमात्रै हुनुपर्छ भन्ने छैन् । परिबर्तन चहाने सबै युवाहरुलाई जेसिजमा ठाउँ खालि छ । अहिले हामी ७१ ज्ना युवा जेसीजमा आबद्ध छौं ।

जेसीजलाई समाज विकास र परिवर्तनका विषयमा भन्दा पनि आफनै क्षेत्रमामात्र क्रियाशील छ भन्ने आरोप छ नि ?

सर्व प्रथमत जेसिजको दर्शन नै ब्यक्तिगत विकासद्धारा समाज, देश तथा विश्वलाई विकास र परिवर्तन गर्न सकिन्छ भन्ने उदेश्यवाट निर्देशित छ तथापी जेसिजले देशको विकास र सामाजिक राजनैतिक परिवर्तनमा सदैब अग्रसर हुदै आएको छ । हामीले ०४६ सालको आन्दोलन, ०६२÷०६३ को जनआन्दोलन त्यस पछिको संविधानसभाका विषयमा आम जनतालाई सुचना प्रवाह गर्ने होस वा त्यसलाई सफल बनाउन सक्दो योगदान गरेका छौ । युवाहरुलाई सामाजिक काममा उत्प्रेरणा जगाउन व्यक्तित्व विकास गराउने कार्यमा अग्रसर छौ ।

जेसीज को बर्ष २०१८ को अध्यक्ष हुनु भएको छ, एक बर्षमा कस्ता कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
एक बर्षमा जेसीज तुलसीपुरलाई उत्कृष्ठ बनाउने चुनौति थपिएको छ । अहिले सम्म तुलसीपुर जेसिजले गरेका उत्कृष्ठ कामहरुहरुको निरन्तरता दिने छु
जेसिजको नेत्तृत्वमा कस्ता अवसर र चुनौति रहेका छन

जेसीज आफैमा एउटा नेत्तृत्व विकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसीज भनेको एउटा समुन्द्र हो । यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले शखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्न सक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ । देशविकासको लागी कस्तो प्रकारको शिक्षाआवश्यक छ हाम्रो जस्तो कृषि प्रधान देशका लागी प्रबिधियुक्त शिक्षा नै आवश्यक पर्दछ । सीपयुक्त र प्रविधिस हितको शिक्षाले वेरोजगारी अन्त्य गर्नुका साथै देशको आर्थिक सामाजिक विकासमा दिर्घकालीन टेवा पुग्दछ ।
जेसीजकर्मीको नाताले आमसमुदाय तथा सरोकारवालाहरुलाई के शन्देस दिन चाहनु हुन्छ ?

जेसिज एउटा अभियानहो । यो अभियानमा सकारात्मक सोचका साथ लाग्नु पर्दछ । यस संस्थावाट प्राप्त हुने कुरा कुनै पनि विश्वविद्यालयमा गएर प्राप्त हुँदैन । यस संस्थामा आवद्ध भइसकेपछि आफुले पाएका र सिकेका कुराहरु समाजलाई दिन सक्नुपर्छ । यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्छ त्यो अभियानमा सक्रियतापुर्वक लाग्ने मेरो प्रतिवद्धता व्यक्तगर्न चाहन्छु ।

अन्तमा केही भन्न चाहानु हन्छ ?
मलाई अध्यक्षमा निर्बाचित गर्न सहयोग गर्ने सम्पुर्ण जेसीज साथीहरुलाई धन्यवाद दिन चाहान्छु । मलाई तुलसीपुर जेसीजको अध्यक्ष सम्मल्याई पु¥याउने अग्रजहरुलाई पनि सम्झना चाहान्छु । र अन्तमा समाज परिबर्तन गर्न चाहाने युवाहरुलाई जेसिजमा आबद्ध हुन पनि अनुरोध गर्छु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्