‘घोराही उप–महानगरपालिका लाई भष्ट्राचार मुक्त उप–महानगरपालिका बनाउने छु ।’



मेयरको पहिलो प्राथामिक्ता ः अन्र्तराष्ट्रिय विमान स्थल

चारैतिर दोस्रो चरणको आसन्न स्थानिय तह निर्वाचनको माहोल ताँतिदै गईरहेको छ । दलले आसन्न निर्वाचनका लागि आ–आफ्नै योजना र कार्यनिति सहितका कार्यक्रमहरु सार्वजानिक गर्दै चुनावी अभियानमा जुटेका छन । यसै विषयमा आज हामीले नेकपा माओवादी केन्द्रको तर्फ वाट घोराही उप–महानगरपालिकाका मेयर पदको उम्मेद्वार जीवन गौतम संग चुनावी गतिविधि वारे कुराकानी गरेका छौ । प्रस्तुत छ, सैघाली खवर अनलाईनका संवाददाता गिरीराज नेपालीले नेकपा माओवादी केन्द्रको तर्फ घोराही उप–महानगरपालिकाका मेयरको उम्मेद्वार जीवन गौतम संगको कुराकानीका सारसंक्षेप –सम्पादक19073854_10211627700799371_1884289460_n

स्वागत छ ।

धन्यावाद !

हिजो आज के मा व्यस्त हुनुहुन्छ ?

      नेपालमै पहिलो पटक एैतिहासिक संघिय संरचनाको पहिलो अभ्यास स्वरुप स्थानिय तहको निर्वाचन हुन लागिरहेको छ । संघिय संरचनाको आधारमा हुन लागिएको पहिलो स्थानिय तहको निर्वाचनको प्रचार प्रसार र अन्य चुनावी गतिविधि देखी कार्यकर्ता भेटघाट सभा समारोहमै व्यस्त छु । म आफै पनि नेकपा माओवादी केन्द्रको तर्फ वाट घोराही उप–महानजरपालिकाको मेयर पदको उम्मेद्वार रहेकाले भोट माग्दै गाँउघरमा हिडिरहेको छु ।

 उत्साह कस्तो छ ? मतदाताहरुको

    चुनावी सरगर्मी चौतर्फी रुपमा ताँतिदै गईरहेकाले हामी पनि चुनावी अभियानमा तिव्रता साथ लागिरहेका छौ । जनता पनि उत्सहित छन । माओवादी केन्द्रको पार्टी एकिकरण र पार्टी परिचालनले जनता तथा कार्यकर्ता थप नयाँ उर्जा पैदा भएको छ । आन्तरिक वैचारिक विचलनका कारण धु्रविकरण भएका माओवादी १० घटकहरु एकतावद्ध भई चुनावी प्रचारमा जनता पनि उर्लिएका छन । जनताको अपेक्षा , चाहाना नेकपा माओवादी केन्द्रले विजयी होस् । संग संगै जनताको गाँसवाँस र कपास सहितको अधिकारको ग्यारेन्टी गरिसकेको अव हामी समृद्धिको वाटोमा छौ । त्यही समृद्धिकको वाटोमा त्यही वाटोमा नै जनताको उत्साह वढेको छ । अझै जातिय , लैगिङ सहितको समानताको लेखिएका अधिकार लाई कार्यन्वयन गरोस् भन्ने चाहाना जनताहरु संग रहेकाले जनताको उत्साह निकै वढ्ेको छ । महिला , पुरुष , युवा युवतीहरु सवैले चुनावी अभियानमा साथै दिईरहेका छन । जनताको उत्साहले हामी लाई थप हौस्याएको छ ।

तपाई लाई मतदाताहरुले कसरी चिन्ने ?

घोराही उप–महानगरपालिका १८ रझेनामा जन्मिएर १२ वर्षको वाल्यवस्था देखी ईमानदार , सक्षम कर्मठ उम्मेद्वारका रुपमा मतदाताले हेर्नुहुन्छ भन्ने विश्वस्त छु । राजनितिक सुरु गरे । विद्यार्थी राजनितिक हुदै अहिले नेकपा माओवादीको पोलिटव्युरो सदस्य तथा दाङ जिल्लाको ईन्चार्जका रुपमा जिम्मेवारी वहन गरीरहेको छु । ०४३ सालमा अखिल नेपाल क्रान्तीकारी विद्यार्थी ंगठनको सदस्या लिए , ०४४ सालमा ईकाई अध्यक्ष भए , ०४५ सालमा अखिलको केन्द्रिय सदस्य र ६३ सालमा केन्द्रिय सदस्य हुदै ०६५ साल पछि माओवादी केन्द्रको जिल्ला नेतृत्व समाहल्दै ०७० साल देखी जिल्ला ईन्चार्जका रुपमा जिम्मेवारी निर्वाह गरीरहेको छ । पछिल्लो दश वर्ष यता राप्ती उप–क्षेत्रिय विकासमा रुपमा काम गरीरहेको छु । जनताले विकास प्रेमीको नेताका रुपमा चिनेका छन भनि विश्वस्त छु ।

तपाईको उम्मेद्वारी किन ?

     दश वर्षे जनयुद्धले मुलुकमा थुप्रै परिवर्तन ल्यायो । लोकतन्त्र ÷गणतन्त्र सहितको समानुपातिक समावेशिता , धर्मनिरपेक्षता , संघियता जस्ता थुप्रै अधिकारहरु माओवादीले स्थापित गरिसकेको छ । जातिय , लैगिक र भौगौगिक रुपमा पछाडी पारिएका व्यक्ति वा समुदायहरुको समान अधिकार स्थापित ग¥यो माओवादीले .. तर अधिकार संगसंगै समृद्धि पनि आवश्यक पर्ने भएकाले दाङको समृद्धि र जनताको सेवाका लागि मेरो उम्मेद्वारी हो । समृद्धिको पाईला कोर्ने माओवादी समृद्धिको निति कार्यक्रम अघि सारेका छौ । ति निति कार्यक्रमहरु लाई कार्यन्वयन गर्न र हिजो सिंहदरवारमा कैद भएका अधिकारहरु आज जनताको घरघरमा संघियताले विकेन्द्रीकरण गरेको छ । ति अधिकारहरु लाई जनताले अपनत्व गर्ने जनता लाई सेवा दिनका लागि मेरो उम्मेद्वारी हो । साथै दाङको आर्थिक समृद्धिको मुहार फेर्नका लागि मेरो उम्मेद्वारी हो ।

अधिकारका कुराले मात्रै जनताले भोट देलान र ?

त्यसो होईन । हामी संग विकास एजेण्डाहरु पनि थुप्रै छन । विकास भन्दा पहिलो आवश्यक्ता अधिकार रहेकाले जनताको अधिकार जनताकै हातमा दिए विकास स्वभाविकै रुपमा अघि वढ्छ । जनता लाई अधिकार सम्पन्न वनाए आफैले अधिकारको उपभोग गरी आफ्ना समुदायको विकासमा जनता आफै क्रियाशिल हुने भएकाले अधिकार सम्पन्न गराई त्यही अधिकार लाई सदुपयोग गर्दै समुदाय विकासमा क्रियाशिल वनाउनु पर्छ ।

चुनाव जित्नु भयो भने कस्तो उप–महानगरपालिका वनाउनु हुन्छ   ?

मैले चुनाव जितेर घोराही उप–महानगरपालिकाको मेयर पदको जिम्मेवारी निर्वाह गर्न पाए भने पहिलो प्राथामिक्ता घोराही उप–महानगरपालिका लाई भष्ट्रचार मुक्त उप–महानगरपालिका वनाउनु कसम खाईसकेको छु । अर्काे कुरा जनताको सेवा लाई छिटो छरितो र नागरिक मैत्री उप–महानरपालिकाका वनाउने छु । उप–महानगरपालिका विकासका लागि कुनै सकस वाँकी राख्ने छैन । घोराही उप–महानगरपालिका वासीका लाई सहज र सुलभ सेवा तर्फ उन्मुख हुने छु । घोराही उप–महानगरपालिका २५ प्रतिशत करको दायरा घटाउने छु । भष्ट्राचार लाई उप–महानगरपालिका वाट हटाउने छु ।

 तपाई त पार्टीको ईन्चार्ज पनि हो । चुनाव जिते उप–महानगरपालिका र पार्टी दुवै सम्हाल्न सम्भव छ ?

त्यो चुनाव जिते पछि थाहा होला । अहिले नै यो हुन्छ । त्यो हुदैन भन्न सकिदैन । यो वारेमा वोल्न पनि त्यत्ति सान्र्दभिक छैन । निर्वाचनको परिणम पछि सल्लाह गरौला ।

चुनावी एजेण्डाहरु के कस्ता छन तपाईहरुका ?

नेकपा माओवादी केन्द्रले चुनावी एजेण्डा सार्वजानिक गरी गाँउगाँउमा चुनावी एजेण्डा वोकी गाँउगाँउमा पसीसकेको छौ । मुख्यतया हामीले दाङको विकासका लागि दुई ‘क्याटोगरी ’ वाँडेका छौ । पहिलो एजेण्डा अन्र्तगत घोराही उप–महानगरपालिका लाई प्रादेशिक राजधानी निर्माण गर्ने , राप्ती उप– क्षेत्रिय अस्पताल लाई अवको २ वर्षमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने , घोराही उप– महानगरको नारायणपुर लाई अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि पहल गर्ने , दाङ लाई राष्ट्रिय ठुला सडक योजनाहरु निर्माण गरी राप्तीका ५ जिल्ला सडक संन्जाल मार्फत जोड्ने , वहुप्राविधिक विश्वविद्यालय निर्माणका लागि पहल गरिने , रिहार , नारायणपुर र होलेरी लाई सडक संन्जाल मार्फत जोडिने राष्ट्रिय योजनाहरु छन । भने घोराही उप–महानगरपालिका वाट संञ्चालन हुने योजनाहरु पनि थुप्रै छन । घोराही क्षेत्रमा खानेपानीको अभाव समस्या खेपी रहेकाले ५ वर्ष भित्र सवै घरघरमा खानेपानी सहज व्यावस्थापन गरीने , कृर्षि योग्य जमिनका लागि सिचाई आयोजना निर्माण गरिने , लिफ्ट सिचाई आयोजना निर्माण गरिने , प्रत्येक वडाहरुमा मा १५ वेड सैयाको विशिषज्ञ सहितको अस्पताल निर्माण गरिने , घोराही उप–महानगरपालिका देखी १९ वटा वडाहरुमा सडक कालो पत्र गरिने , ठाडा खोलाहरुमा वाँध निर्माण गरिने सिचाई र खानेपानी व्यावस्था गरिने , दाङ लाई कृर्षि पटेका क्षेत्रका रुपमा विकास गर्ने , कृषक लाई सहुलियतमा कर्जाको व्यावस्था गर्ने , एक घर एक रोजगारका लागि व्यावस्था गरि आर्थिक समृद्धिका लागि पहल गरिने ।
त्यस्तै दाङ लाई स्मार्ट सिटिका रुपमा विकास गर्ने , आधारभुत शिक्षा र स्वास्थ्य लाई पुर्ण रुपमा निुशल्क गरिने छ । घोराहीको धर्ना लाई औद्योगिक क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धि तर्फ उन्मुख गराउने लक्ष्य छ ।

 तपाईले चुनाव जित्नु भयो भने ५ वर्ष भित्रमा यि योजना गर्नु हुन्छ ?

त्यसमा कुनै दुई मत छैन । उप–महानगरपालिका वाट हुने योजनाहरु सवै ५ वर्ष भित्रै पुरा हुन्छन तर राष्ट्रिय योजनाका रुपमा रहेका योजनाहरु सुरु होलान भन्ने अपेक्षा छ । ५ वर्षमा घोराहीको मुहार फेर्ने र जनताको दैनिकीमा लाई सहज वनाउने वाचा मैले टिकट पाउनु अघि नै गरिसकेको छु । फरक यति हो कति गर्न सकिन्छ । स्रोत कति जुटाउन सकिन्छ । तर जे होस जनता लाई विश्वास दिलाई छोड्छु । जनताको अधिकार र विकास अनुभुती दिलाउछु ।

तपाई र तपाईको पार्टीले जित्ने आधार के–के छन ?

०७० सालको निर्वाचन पछि नेकपा माओवादी केन्द्र आन्तरिक मतभेदका कारण गुठफुटले छिया्–छिया् भयो । तर अहिले माओवादी घटकहरु एकता वद्ध भई चुनावी मैदानमा नयाँ साँगठनिक संरचना नयाँ संघिय संरचनामा चुनावी मैदानमा मुलुकको विकास र जनताको अधिकार स्थापितका लागि हिजोको जनयुद्ध देखी नयाँ संविधान निर्माण सम्म गरिसकेकाले नेकपा माओवादी मुलुकको पहिलो पार्टीका रुपमा पुनः विजयी हात पार्ने छ । त्यस्तै जीवन गौतम लाई मतदान किन र केस्का लागि किन जित्नु पर्छ भन्दा दाङको विकास र जनताको सेवा अधिकारका लागि विगत देखी संघर्ष गर्दै आईरहेकाले जनताको मलाई विश्वास गरी भोट दिनुहुने छ र मैले जित्ने छु भन्नेमा विश्वस्त छु ।

 निर्वाचन जिते लगत्तै के– के काम सुरु गर्ने सोचमा हुनुहुन्छ ?

प्रश्न निकै राम्रो गर्नु भयो । मैले चुनावी जिते १५ दिने भित्रमा कामका रुपमा उप–महानगरपालिका भित्रका रहेका सडकहरुको खाल्टाखुल्डीहरु पुर्ने काम गर्छ । दोस्रो भष्ट्राचार मुक्त घोराही उप–महानगरपालिका वनाउछु । तेस्रो कुरा केही महिना भित्रैमा कृर्षि अनुदान सहुलियत कर्जाको व्यावस्था गरी कृर्षि क्षेत्रको सुधार र समृद्धिका लागि तत्काल जनता अनुभुति दिलाउने काम गर्छु ।

 तपाई तँ पार्टीको नेता पनि हो , चुनावी एजेण्डा राम्रै छन । तर हिजो द्वन्द्वका क्रममा जिउज्यान गुमाएका , घरवार उजाडीका र वेपता , घाईते /अपाङका लागि के गर्नु हुन्छ नि ?

कुरो ठिक हो । म पार्टीको पनि हाल सम्म नेतृत्वदायि भुमिका जिम्मेवारी वहन गरीरहेको छु । स्वभाविकलै मुलुकमा हिजोको यि राता मान्छेहरुले नै गर्दा आज मुलुकले यो गति पाईरहेको , जनता सर्वाैपरी भएका छन । दशवर्षे जनयुद्धका क्रममा लाखौ लाख व्यक्तिहरु कुनै न कुनै हिसावले पिडित छन । भने १७ हजारले शहादत समेत प्राप्त गरे । दाङमा करिव ३ हजार द्वन्द्व पिडितहरु छन । उनीहरु लाई राज्यले दिएको सेवा सुविधा लाई पिडित परिवारहरु सम्म जस्ताको त्यस्तै पु¥याउने , उनीहरुको समस्या समाधान , छोराछोरीको उचित शिक्षा दिक्षा , परिवारहरुका लागि रोजगार वा रोजगार मुलुक सिपको व्यावस्था गर्ने छु ।

 तर कुरा गर्छन काम गर्दैन्न भन्ने पिडितहरुको गुनासो छ नि ?

त्यसो होईन हामीले कुरा थोरै काम धेरै गर्छाै । हामीले हाम्रै पहलमा दाङमा एउटा विद्यालय संञ्चालन गरी द्वन्द्व पिडित वालकालिकाहरु लाई शिक्षा प्रदान गराई रहेको छौ । भर्खरै सरकारले प्रतिव्यक्ति ५ ÷५ लाख रुपैया द्वन्द्व पिडितहरुका लागि दिने निर्णय गरेको छ । त्यो आज भोलीमा वितरण हुदैछ । त्यो भनेका मात्रै हुन ।

 अन्त्यमा यस सैघाली खवर अनलाईन वाट तपाई केही भन्न चाहानुहुन्छ ?

अन्त्यमा आसन्न स्थानिय तहको निर्वाचन लाई लाई सभ्य र भव्य तरिकाले सम्पन्न गराउन जनताको अभिमतको मदर गर्दै लोकतन्त्र र गणतन्त्रले संस्थागत गरको उपलव्धीहरु लाई कार्यन्वयन गरी जनताको अधिकार स्थापित गर्नु पर्ने छ । साथै दाङ लाई नमुना शहर र विकासको नगर रुपमा स्थापित गर्न आवश्यक रहेकाले गोलाकार हसिया हतौडामा मतदान गरी नेकपा माओवादी विजयी वनाउन अपिल गर्दै सैघाली अनलाईन खवर पत्रिकाका परिवार लाई धन्यावाद दिन चाहान्छु । धन्यावाद…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्