मन चोर्ने मान्छे धेरै



दाङ, जित सागर जिएम,

मन चोर्ने मान्छे धेरै भएपनि फरक पर्दैन ः गायिका सरिता प्रजापती लोक पप गायिका सरिता प्रजापतीले मन चोर्ने मान्छे धेरै भएपनि फरक नपर्ने बताउनुभएको छ । सैघाली खबरसंग कुराकानी गर्दै गायिका प्रजापतीले कलाकारका मन चोर्ने मान्छे धेरै हुने भएकाले आफ्नो पनि धेरै भएको बताउनुभयो । घोराहीमा संचालन भइरहेको महोत्सवका लागि दाङ आईपुग्नु भएकी प्रजापतिले सैघाली खबर संगको कुराकानीमा दर्शक तथा स्रोतको माया नै आफ्नो सफलता भएको बताउनुभयो । उहाँले संगितको यात्रामा धेरै चुनौति भएपनि मेहनत र प्रयासले सफलता प्राप्त गर्न सकिनेमा जोड दिनुभयो । गितसंगितमा पछिल्लो समय बढि छाडापन बढ्दै गएको भन्दै गायिका पराजुलीले समाज तथा परिवारले नरुचाउने गितसंगीतको नियमन निकाय नै फितलो भएको दावि गर्नुभयो । गित संगित मानिसको सुखदुखको साथी भएको भन्दै कलाकारले स्रोता दर्शकको मनोभावनामा बुझेर रचना श्रृजना गर्नुपर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्