सप्तरीमा प्रभावकारी भन्दै घरमा सुरक्षित सिकाई कार्यक्रम



सिराहा लहान -स्याहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछि समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालिकामा सबल नेपाल नौलो शिक्षा नीतिलाई समाजलाई निकै उत्साहित गरेका छन्। पितृसत्तात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण विधिको विकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछि अध्ययनरत बालबालिकाहरूमा बानीको विकास भएको देखिन्छ।

स्कुल पठाउनु भन्दा अगावै स्याहारकर्ताबाटै बालबालिकाहरूलाई माउन्टेश्वरीको नयाँ शिक्षण विधि अपनाई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरू नै चकित भएका हुन। सबल नेपालले बच्चाको आमाहरूलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।स्याहारकर्ताले नै आफ्नो बच्चालाई शिक्षा दिन थाले पछि बालबालिकाहरूमा शिक्षा सँगै संस्कारको विकास भएको समाज र अभिभावकहरूले दाबी गरेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ बस्नपटी, पोखरी या,हरिपुर गरी वडा नम्बर ८,र ९ मलहनमा,स्मसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेका छन्। बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्।उक्त कार्यक्रम समाज र बच्चाहरूको लागी निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नदकिसोर चौधरी र सवल नेपालको घरमा सुरक्षित सिकाई प्रयोजन अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइनन् १९ देखि माथि र ४५ वर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता विकास र सिपमूलक तालिम दिई आयआर्जन वृद्धि गराउने काम समेत गर्दै आएका प्रयोजन अधिकृत राधेश्याम रामले बताए। र सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

सुरुङ्गा नगरपालिकाको सहकार्यमा सबल नेपालले पालिकासङ सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अति नै प्रभावकारी देखि बताउनु भयो। देशमा यस्तै शिक्षा नीतिको खाँचो रहेको दर्साउँदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ पाँच १० वर्ष थप गर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्। उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना स्याहारकर्ता आमाहरुद्धारा बच्चाहरूलाई शिक्षा दिने गरेका छन्।करिब सयौँ बालबालिकाहरू उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन्।

घरमा सुरक्षित सिकाई कार्यक्रमका उदेश्य:- १ बाल मैत्री वातावरण निर्माण घरमा गर्ने। २ बाल मैत्री वातावरण निर्माण गर्न आमा हरु सक्छम हुने।३ ३ प्रत्येक घरमा बाल मैत्री निर्माण गर्न स्थानीय सरकारलाई नीतिगत अवस्थामा सुधार ल्याउन सहजीकरण गर्ने। आमाले शिक्षा दिने तरिका:- सुरुङा ८ बस्ने स्याहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुर्छित सिकाई कार्यक्रम करिब ६ महिला देखी चल्दै छ।हामीले खेलको माद्य्मबाट बच्चालाई अभिप्रेरित गरी शिक्षण सिकाइमा जोड दिने गरेका छौँ।

बच्चालाई आफू पढ्छौँ भन्ने अनुभूति न गराई स्याहारकर्ता आमाहरूले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका स्याहार कर्ता मनमाया कुमारी चौधरीले बताइन। सबल नेपालको सामुदायिक परिचालक बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपनाई बच्चा कसरी सिकाउने सो सम्बन्धी बच्चाका आमाहरूलाई प्रशिक्षण दिने गरेका आयोजक संस्थाले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्