के तपाई घरिघरि कोल्टे फेरेर सुत्नुहुन्छ ?
मानिस सुत्दाखेरी उसको शरीरको थकान कम हुन्छ र बिहान उठ्दा ताजापन र फुर्ती समेत उसले प्राप्त गदर्छ ।
दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा कम्मर दुख्ने र छाती पोल्ने जस्ता समस्या आइलाग्छन् ।
हाम्रो सुत्ने तरिकाले गर्दा यी सबै समस्याहरू आउछन् ।
यदि तपाई पेट थिचेर सुत्नुहुन्छ भने त्यो सबभन्दा खतरनाक हुन्छ ।
यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने जस्ता समस्याहरु आइलाग्छन् । ओछ्यानमा भएका ब्याक्टेरिया यसरी सुत्दा अनुहारमा आउने र अनुहारमा दाग र फोका समेत आउँने गर्दछ । बिहान उठ्दा गर्दन पनि अररो हुने गर्दछ ।
सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ ।
केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ ।
राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । तपाई राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुहोस् । एजेन्सी ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।