सैघाली खबर,
ओस्टियोपोरोसिस भनेको हड्डी कमजोर तथा पातलोे हुनु हो । जसका कारण हड्डी भाँचिने समस्या बढ्ने गर्दछ । यसले हड्डीलाई यति धेरै कमजोर बनाउँछ कि साधारण चोटपटकका कारण समेत हड्डी भाँचिनसक्छ । यसले हिपको हड्डी, मेरुदण्ड तथा नाडीको हड्डीमा बढी असर पार्ने गर्छ ।
कुन उमेरमा ओस्टियोपोरोसिसको समस्या बढी देखिन्छ रु
ओस्टियोपोरोसिसको समस्या प्रायः महिनावारी सुकेका महिलाहरूमा बढी हुने गर्दछ । यो पुरुषको तुलनामा महिलामा बढी देखिन्छ । विशेषगरी ५० वर्षको उमेर पार गरेपछि यो रोग मानिसहरूलाई लाग्ने गर्दछ ।
ओस्टियोपोरोसिस हुनुको मुख्य कारण रु
ओस्टियोपोरोसिस हुनुको मुख्य कारण आयु हो । उमेर जति बढ्दै जान्छ, हड्डी खिइने तथा हड्डी कमजोर हुने सम्भावना उति नै धेरै हुने गर्छ । अझ क्याल्सियमको सेवन कम गर्ने मानिसमा यसको समस्या अझै धेरै निम्तने गर्छ ।
त्यसैगरी, पचास वर्ष भन्दा माथिको उमेर, कम तौल, एस्ट्रोजिन नामक हर्मोनको कमी, धूमपान, मदिरापान, पोषणरहित आहार लगायत कोर्टिकोस्टेराईड तथा हाइपर थाइराइडिज्मको समस्या भएका व्यक्तिले सेवन गर्ने औषधीका कारण पनि ओस्टियोपोरोसिसको समस्या हुने गर्दछ ।
लक्षण रु
ओस्टियोपोरोसिस भएमा विभिन्न लक्षण देखा पर्ने गर्दछ । जुन यस प्रकार छस्
(जोर्नीको दुखाइ
(सीधा बस्न तथा हिड्नमा कठिनाइ उत्पन्न हुनु
(हड्डी कमजोर भएको तथा हडडी भाँचिएको ठाउँमा असह्य पीडा महसुस हुनु
(कम्मर दुख्ने तथा शरीर कुप्रँदै जाने
(सानोतिनो चोटपटक लागेमा पनि हड्डी भाँचिने जसका कारण ज्यान जानसक्ने सम्मको सम्भावना हुने
कसरी बच्ने रु
(कुद्ने, नाच्ने शारीरिक श्रम पर्ने खालका व्यायाम नियमित गर्ने
(क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्ने
(चिकित्सकको सल्लाह बमोजिम ओस्टियोपोरोसिसको औषधी नियमित सेवन गर्ने
ओस्टियोपोरोसिस रोगबाट जोगिन के गर्ने रु
(सुन्तला
(अंगुर
(ब्रोकाउली
(स्याउ
(केरा
(माछाको तेल
(चीज
(दुग्धजन्य पदार्थ र
(सूर्यमुखी फूलको वीउ सेवन गर्ने
हड्डीलाई विग्रनबाट जोगाउन के नगर्ने रु
(धूमपान नगर्ने
(सोडियम अर्थात् नुनको सेवन कम गर्ने (दैनिक २३ मिलिग्राम नुनको सेवन शरीरको लागि राम्रो मानिन्छ ।०
(चिनीको सेवन कम गर्ने
– विशेषगरी महिनावरी सुकेको महिलाहरूले सोडायुक्त पेय पदार्थको सेवन नगर्ने । यसले हड्डीलाई कमजोर बनाउँछ , जसका कारण हड्डीको घनत्व कम हुने गर्छ ।
(कैफिनको सेवन कम गर्ने ।
– दिनमा २र३ गिलास मदिराको सेवनलाई खासै घातक मानिदैन ।
(टमाटरको सेवन नगर्ने
(सिमी तथा गेडागुडीयुक्त खानेकुराको सेवन कम गर्ने
(रातो मासु प्रोटिनको राम्रो स्रोत हो जब कि हड्डीका लागि सबैभन्दा घातक
ओस्टियोपोरोसिसबारे जान्नै पर्ने कुरा
– जीवनको गुणस्तरीयता कम हुन्छ
– काम गर्ने क्षमतामा र्हास आउँछ ।
– मानिसलाई झण्डै ३५ प्रतिशतसम्म अशक्त बनाइदिन्छ । ओस्टियोपोरोसिसका कारण हिप भाचिएका मानिसलाई घरमै राखेर उपचार गर्नुपर्छ ।
(ओस्टियोपोरोसिसकै कारण झण्डै २० प्रतिशत महिलाको मृत्यु बारम्बार हड्डी भाँचिने समस्याका कारण हुने गर्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।