घोराही उपमहानगरपालिका १९ का नेपाली कांगे्रसका वडा अध्यक्षका उम्मेद्धार ज्ञान बहादुर रायमाझी संगको कुराकानी ।।



 

rayamajhi12

घोराही उपमहानगरपालिका १९ का नेपाली कांगे्रसका वडा अध्यक्षका उम्मेद्धार ज्ञान बहादुर रायमाझी संगको कुराकानी ।।
१ तपाईको राजनितिक यात्राको सुरुवात कहाँबाट र कहिलेदेखि सुरुवात गर्नुभयो ?
सानै देखिको रुचिको कारणले गर्दा राजनितिक यात्रामा प्रबेश गरेको हो । २०५१ सालको मध्यावधी चुनाब हुँदा मेरो बुवा प्रेम बहादुर रायमाझी वडा अध्यक्ष र नेपाली कांग्रेसका माननिय सासंद बलदेब शर्मा मजगौंयाको साथ र प्रेरणाले राजनितिक यात्राको सुरुवात गरेको हुँ । २०६६/०६७ सालदेखि सैघाको तरुनदलको अध्यक्ष को रुपमा काम गर्ने अवसर प्राप्त भयो र १३ औं महाअधिबेशनबाट ईकाई सभापति भएर काम गरे र अहिले पनि निरन्तर काम गर्दैछु ।

२ तपाई किन राजनितिको बाटो लाई अङ्गाल्नु भयो ?
सैघा गाबिस एकदमै पिछडिएको क्षेत्र हो त्यसैले त्यस क्षेत्रको बिकासको लागि काम गर्ने अबसर यहि स्थानिय चुनाबले मलाई दियो वडा अध्यक्षका रुपमा उठाउनु भयो र केहि गर्छु भन्ने बिश्वासका साथ मैले यो राजनितिको यात्रा तय गरेको छु ।
३ तपाई १९ वडा अध्यक्षको उम्मेद्धार पाई सकेपछि कस्ता खालका गुरुयोजना अगाडि ल्याउनु भएको छ ?
सर्बप्रथम मैले गाउँको बिकास निर्माणका लागि शिक्षा, सडक, खानेपानि, बिधुत, बाटो, सञ्चार बिकास निर्माणका लागि पहल गर्ने काम गर्नेछु । बेरोजगार युवालाई रोजगारको व्यबस्था मिलाउन पहल गर्नेछु ।
४ सैघामा यो भन्दा पहिले एमाले र दोस्रो संबिधान सभाको चुनाबमा माओबादीको आधार ईलाका हो । तपाईलाई के लाग्छ जित तपाईको हात पार्ला ?
यो स्थानिय चुनाब एउटा लडाई हो । मलाई बिश्वास गर्ने मतदाताले मलाई भोट गरि जिताउनु हुने छ बिश्वस्त छु ।

 

५ तपाई यो भन्दा पहिले राजनितिक क्षेत्रमा लाग्नु भएको थिएन नि रु अहिले पनि पार्टीको मान्छे भनेर चिन्दैनन् भर्खर देखि हो यो भन्दा पहिले के गर्नु हुन्थ्यो ?
म सर्बसाधारण नै थिए र समाजमा बिभिन्न तरिकाले आफ्नो भुमिका निर्बाहमा काम गर्न रुची थियो । मलाई कमै मान्छे ले चिने पनि बिस्तारै आफ्नो पहिचान बनाउछु र सबैका सामु चिनिन्छु भन्ने अठोटका साथ पार्टीमा लागेको छु । पक्कै अब नचिनेको व्यतिmले चिन्नु हुनेछ, ढुक्क छु ।
६ तपाईको पाटीको जिल्लामा गुटबन्दी छ रु तपाईको पार्टी अनि कार्यकर्ताले कति मात्रामा सहयोग पाउनु भएको छ ?

पार्टीमा गुटबन्दी नहुने कुरै भएन तर यो घर भित्रको कुरा हो कसरी अगाडि बढ्ने र सहमतीय प्रयासहरु घर भित्रै छलफल गरेर अगाडि बढ्छौ, मलाई कुनै आपत्ति छैन । मलाई पार्टी, नेता कार्यकर्ता सबैको साथ सहयोग पाएको छु ।

७ अहिलेको अबस्थामा सैघा एकदमै पिछडिएको क्षेत्र हो यदि तपाई जित्नु भयो भने के गर्नु हुन्छ भाबि योजना कसरी अगाडी बढाउनु हुन्छ ?
केहि प्राप्तीका लागि राजनितिक गदैछु । भोलिका दिनहरुमा बिकास निर्माण संगै समाजको पहिलो आबश्यकता एम्बुलेन्सको व्यबस्था, रोजगारी र गुणस्तरिय शिक्षाका लागि काम गर्ने योजनाका साथ अगाडि बढ्ने पर्यत्न गर्दैछु ।
८ सैघामा तपाईको कुन पार्टी संग प्रतिस्पर्दा गर्दै हुनुहुन्छ ?

म अहिलेको अवस्थामा एकदमै प्रतिस्पर्दा गर्न मैदानमा उत्रिएको छु त्यसैले सैघामा बिभिन्न पार्टीका उम्मेदवार हुनुहुन्छ । त्यसैले बिशेष गरी नेकपा एमाले र नेकपा माओबादि संग बिशेष प्रतिस्पर्दा गर्दैछु ।
अन्त्यमा , बिशेष गरि सैघालि मिडिया गु्रपलाई धन्यावाद दिन चाहन्छु र मलाई १९ नम्बर वडा अध्यक्षमा रुख चिन्हमा मतदान गरी जिताउन हार्दिक अनुरोध गर्दछु ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्