आज २०७५ साल बैसाख १ गतेः कसरी शुरुभएको थियो विक्रम सम्बत ?



आज बैसाख एक गते अर्थात् विक्रम सम्बतको २०७५ साल शुभारम्भको दिन ।
विक्रम सम्बत भारतीय सम्राट विक्रमादित्यद्धारा स्थापित सम्बत हो ।

यो नेपालको आधिकारिक पात्रोको रुपमा मान्यता प्राप्त छ ।

यद्यपी यसको अलावा ग्रेगेरियन क्यालेन्डर र नेपाल सम्बतपनि नेपाली समुदायमा प्रचलित क्यालेण्डरहरु हुन् ।

विक्रम सम्बत पुरानो हिन्दु परम्पराहरूमा आधारित क्यालेन्डर हो।

विक्रम सम्बतको शुरु हुनुमा एउटा कथा जोडएको छ ।

भारतीय उप महाद्वीपमा एक स्वतन्त्र देश राजस्थानको राजाले शुरु गरेको कारणले उनै राजा विक्रमदित्यको नामबाट धेरै वर्ष पहिले नामाकरण गरिएको हो।

तर नेपालमा राणाहरुको उदय पछि आधिकारिकरुपमा शाका सम्बतलाईलामो समयसम्म प्रयोग गरिएको थियो ।

विक्रम सम्बत क्यालेन्डर अनुसार भारतीय उपमहादीप(दक्षिण एसिया)मा धेरै धार्मिक पर्वहरू मनाईन्छन्।

नेपाली समुदायमा आजको दिनलाई पर्वकोरुपमा मनाउने गरिनछ ।

आजको दिनमा विविध कार्यक्रमहरुको आयोजनागरि शुभकामना आदान प्रदान गरिन्छ ।

अहिलेको २१ औं शताप्दी प्रविधीको जमना भएकोले यो सम्बतको आगमनको पूर्वसन्ध्यामा साथी तथा आफन्तहरुबीचमा वर्षभरी सुख सबृद्धि र दीर्घायूको कामनासहित शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

विक्रम सम्बत २०७५ सालको यस सुखद अबसमा राष्टको समृद्धि र जनताको प्रगतीको हवस, हाम्रोपनि सबैमा शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्