किन गरे त ग्राण्डी अस्पतालको छैटौँ तलाबाट हामफालेर युवकलेआत्महत्या



 

सैघाली खबर,
काठमाडौं, २ वैशाख । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका एक युवकले छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

स्याङजा जिल्लाको फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछि अब बाँच्दिन भन्ने लागेर क्षेत्रीले आत्महत्या गरेको हुनसक्ने आफन्तहरूले बताएका छन् ।

कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । क्षेत्रीले आत्महत्या गरेपछि अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पूर्ण खर्च मिनाहा गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्