एमाले–माओवादी विचको पार्टि एकता बैशाख ९ मा हुने या नहुने



सैघाली खबर
काठमाणडौ,३ बैशाख ।
एमाले र माओवादी केन्द्र बीच वैशाख ९ गते हुने भनिएको पार्टी एकताको सम्भावना टरेको छ । प्रधानमन्त्रीको भारत भ्रमण अघि वैशाख ९ गते कम्युनिष्ट दिवसका अवसरमा पार्टी एकता गर्ने निर्णय भएको थियो । तर त्यसयता निरन्तर सम्वाद हुन सकिरहेको छैन ।

आइजिपी नियुक्ति प्रकरणमा भेट भएका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबीचमा पार्टी एकता बारे छलफल हुन सकिरहेको छैन । यसअघि पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो ।

तर धेरै पटक एकता संयोजन समितिको बैठक बोलाएर पनि स्थगित भएकाले व्यवस्थापनको धेरै काम बाँकी रहेकाले ९ गते पार्टी एकता अब सम्भव नहुने पार्टी एकता संयोजन समितिका सदस्य एवं एमाले बरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । यसैबीच एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि हिजो सिन्धुपाल्चोकको सुकुटे पुग्नुभएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लाग्नुभएको हो । ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै हिजो साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकता टुंगो लगाउन वार्ता हुने भनिएको थियो । तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्