सर्वोच्च अदालतमा साढे १९ हजार मुद्दा फछ्र्यौट हुन बाँकी रहेको तथ्यांक सार्वजनिक



सैघाली खबर,
काठमाडौ ३ बैशाख।
सर्वोच्च अदालतमा साढे १९ हजार मुद्दा फछ्र्यौट हुन बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ । सर्वोच्चमा अघिल्लो वर्षका २१ हजार १ सय ७३ मुदा फछ्र्यौट हुन बाँकी छन् । यो आर्थिक वर्षमा ६७ सय ५६ नयाँ मुद्दा परेका छन् । यो वर्ष परेकासहित जम्मा २७ हजार ९ सय २९ मुद्दामा ८३ सय २४ फछ्र्यौट भएका छन् भने अझै १९ हजार ६ सय ५ मुद्दा फछ्यौट हुन बाँकी रहेका सर्वोच्च अदातलका प्रवक्ता नारायण पन्थीले जानकारी दिनभयो ।

साथै सर्वोच्चमा पाँच वर्ष पुराना मुद्दा २२ सय २४ रहेका छन् भने दुई वर्ष नाघेका मुद्दा ८६ सय १५ रहेका छ्न् । अदालतले विगतका वर्षभन्दा यो वर्ष मुद्दा फछ्र्यौटको संख्या बढेको जनाएको छ । अदालतका अनुसार ब्लक हेयरिङ, अतिरिक्त समय इजलासलगयतका कारणले मुद्दा छिटो छिनिएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्