हावाहुरीका कारण २ जनाको मृत्यु



सैघाली खबर,
गौशाला,५ वैशाख । महोत्तरी जिल्लामा हावाहुरीका कारण गएराति २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको हावाहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो।

आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर गम्भीर घाइते भएपछि सिंहलाई उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो। उनको जलेश्वर अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएकोमा गएराति साढे ९ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए।

त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा बरको रुखले च्यापिएर अर्का एक जनाको पनि मृत्यु भएको छ। हुरी चलिरहेका बेला सोही सडकखण्डमा बरको रुखमुनि लुक्न गएकोमा सोही बरको रुख ढल्दा उनको च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्