ट्रकको ठक्करवाट दुईजना घाइते



सैघाली खबर,
बैशाख ५दाङ । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत दाङको देउखुरीमा बुधवार विहान ट्रकको ठक्करवाट दुईजना व्यक्ति गम्भीर घाइते भएका छन् ।
ठक्करवाट लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी ३२ वर्षीया लक्ष्मी शाहा र उनकी छोरी १३ वर्षकी पुजा शाहा गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

शाहका आमा छोरीलाई लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट कारखाना वाट सिमेन्ट अनलोड गरि कृष्णनगर तर्फ जाँदै गरेको भारतिय युपी ४७ टी ३४३४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

जङ्गल वाट स्याउला लिएर घर तर्फ जादैँ गर्दा लमही नगरपालिका वडा नम्बर ६ अर्जुन खोलामा उनीहरुलाई उक्त ट्रकले ठक्कर दिएको थियो ।

घाईतेहरुलाई लमही अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । ट्रक चालक र ट्रक लाई नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्