माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने



सैघाली खबर,
बैशाख ५, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन् । चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।
अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए ।
‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उनको भनाई थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्