मनोज पुनको डायरीमा भेटियो ४०० उद्योगीको नाम !



सैघाली खबर,
वैशाख,७ बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ ।

युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेल ९बलु०को हत्या पुन समूहले नै गरेको थियो । केही समयअघि प्रहरी इन्काउन्टरमा पुन पनि मारिएका छन् ।रुपन्देही प्रहरीका अनुसार मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ ।

‘हिजोको दिनसम्म कुनै उद्योगीले मुख खोलेनन् । तर, अहिले ४०० जनाको नाम डायरीमा छ,’ एसपी श्यामलाल ज्ञवालीले भने, ‘पैसा उठाएकाहरुको नाम मनोजको डायरीमा भेटिएको छैन ।’

मनोजको समूहले उठाएको रकममध्ये धेरै जोगेन्द्रले लिएको अनुमान छ । जोगेन्द्र भारतीय नागरिक हुन् तर, उनले नेपालको पनि नागरिकता बनाएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैको सम्पत्ति छानविन हुने रुपन्देहीका एसपी ज्ञवालीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्