पछाडिको खल्तीमा पर्स राख्नु खतरनाक



सैघाली खबर,

पुरुषहरूले प्रायः आफ्नो पर्स पछाडिकै खल्तीमा राख्ने गर्छन् । उक्त पर्समा पैसा मात्र नभएर बैंकको क्रेडिट कार्ड, बिजुलीको विल, ड्राइभिङ्ग लाइसेन्सदेखि अन्य कागतपत्रसम्म हुने गर्छ ।

एउटा सानो पर्समा यत्तिका सामान राखिसकेपछि पर्स मोटो हुनु त स्वाभाविकै हो । यस्तो मोटो पर्सलाई पछाडिको खल्तीमा राख्ने यही बानी उनीहरूको शरीरका लागि घातक हुनसक्छ ।यस्ता पर्सलाई केही क्षणको लागि पछाडिको खल्तीमा राख्दा खासै फरक पर्दैन । दिनभर खल्तीमा राखिन्छ भनेचाहिँ सचेत हुनु जरुरी छ ।

यही कुरालाई लिएर अहिले सोसियल मिडियामा विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् । कतिसम्म भन्न थालिएकोे छ भने पछाडिको खल्तीमा मोटो पर्स राख्नाले मेरुदण्डको हड्डी बाङ्गनिे गर्छ ।

के यो सही हो रु

मेन्स हेल्थमा एउटा रिपोर्ट छापिएको थियो, जसमा वटलरु विश्वविद्यालयका स्पाइन बायोमेकानिक्सका प्रोफेसर स्टुआर्ट मैकगिलले बताए अनुसार पर्स भनेको केही समयका लागि मात्र खल्तीमा राख्न बनाइएको हो । उक्त पर्समा कार्ड, विल तथा सिक्का राखेर त्यसमाथि घण्टौंसम्म बसेमा भने हिप, ज्वाइन्ट तथा कम्मरमुनिको भागमा दुखाइ महसुस हुन थाल्छ ।

यस्तो समस्या सियाटिक नर्भबाट सुरु हुन्छ, जुन हिप ज्वाइन्टको ठिक पछाडि रहेको हुन्छ । हिपमा मोटो पर्स राख्नाले पर्स तथा हिपको बीचमा उक्त नसा थिचिन्छ र समस्या उत्पन्न हुने गर्छ ।

यो समस्या यस कारण पनि जटिल छ कि हिपबाट सुरु हुने यो समस्या पैतालासम्म पुग्नसक्छ ।

डा। मैकगेलले ढाडको अध्ययनका लागि एक प्रयोग गरेका थिए, जसमा एउटा हिपको तलपट्टी सानो आकारको पर्स राखिएको थियो ।

अध्ययनका क्रममा उनले पछाडिपट्टी मोटो पर्स राख्नाले पेल्विस ९कुहिना० एकतर्फ झुक्ने र यसैका कारण मेरुदेण्डको हड्डीमा बढी दवाव पर्ने तथ्य फेला पारेका थिए ।

यसैका कारण हड्डी सीधा हुनुको सट्टा धनुष आकारमा परिवर्तन हुने गर्छ ।

पर्स जति बढी मोटो हुन्छ, शरीर त्यति नै एकातर्फ झुक्न थाल्छ, र शरीर त्यति नै धेरै दुख्ने गर्छ । तर समस्या के छ भने पर्सलाई अगाडिको खल्तीमा राख्न पनि सकिँदैन, किनभने पर्सलाई अगाडिको खल्तीमा राख्दा पनि उत्ति नै पीडा हुनसक्छ ।

चिकित्सकहरूका अनुसार मोटो पर्स राख्दैमा मेरुदण्ड वा स्पाइनल कर्ड बाङ्गन्िछ भन्ने कुरा सत्य नहुनसक्छ तर पहिलेदेखि नै मेरुदण्डमा समस्या छ भने चाहिँ यसले दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।

पछाडिको खल्तीमा पर्स राख्दा साच्चै हानि हुन्छ त रु

यस विषयमा डा। माकगैलले छोटो समयको लागि राख्दा यसले खासै समस्या नगरेपनि लामो समय राख्दा भने पीडा महसुस हुने बताए । त्यस किसिमको पीडा एक ठाउँमा महसुस हुन सुरु गर्छ र ठाउँ ठाउँमा सर्दै जान्छ ।

कसरी कम गर्ने पीडा रु

(घुँडा मोडेर जमीनमा सुत्ने । घुँडालाई तल लैजाँदा दायाँतर्फ मोड्ने र काँध र हिपलाई जमिनमै राखेर दायाँतर्फ लैजाने । यसबाट कम्मरमुनिको भागमा निकै आराम महसुस हुने गर्छ ।

(जमिनमा सुत्ने, घुँडालाई छातीमा लगाउने र पैतालालाई समाउने । अब कम्मरको माथिल्लो भागलाई समातेर यताउता ढल्कने । यसले ढाडको दुखाइ निकै हदसम्म कम हुने गर्छ ।

यसरी राख्ने पर्स रु

(पैसा राख्न क्लिप वा पातलो स्टाइलको पर्स राख्न सकिन्छ, जुन अगाडिको सिटमा पकेटमा राख्न सकियोस् ।

(साँचोमा जोडेर राख्न सकिने पर्स पनि किन्न सकिन्छ । यस्तो गर्दा जब जब पर्सलाई पछाडिको खल्तीमा राखिन्छ, साँचोले घोच्छ, र बाध्य भएर उक्त पर्स बाहिर राखिन्छ ।

(सम्भव भएमा पर्स राख्नै छाड्नु राम्रो हुन्छ ।

(उस्तै परेको खण्डमा प्यान्ट सिलाउँदा प्यान्टको पछाडि खल्ती नै नराख्न सकिन्छ ।

९विविसीको सहयोगमा०

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्