समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण



सैघाली खबर,
तुलसीपुर ८ बैशाख ।

युवाहरुलाई सामाजिक क्षेत्रमा उत्तरदायी बनाउन दुई दिने अभिमुखिकरण तालिम भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ को आयोजना तथा जिल्ला युवा समितिको आयोजनामा युवा बिकासका लागि भएका नीतिगत ब्यबस्था सम्बन्धि शुक्रबार र शनिबार अभिमुखिकरण तालिम भएको हो ।

समाज रुपान्तरणका लागि युवाहरुको भूमिका महत्वपूण हुने भन्दै उनीहरुलाई समाजिक काममा उत्तरदायी बनाउन तालिमको आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष सुरेश रावतले बताए ।

‘समाज रुपान्तरणमा युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने‘ त्यसैले युवाहरुलाई समाजप्रति उत्तरदायी बनाउन तालिमले महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ ।’ तालिमको प्रशिक्षकमा पत्रकार शुसिल बस्नेत र सुरेश रावत रहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्