आन्तरिक कृषि उत्पादन बढाऔंः महरा



सैघाली खबर,
काठमाण्डौ ८ बैशाख।
सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् । डा। गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको आज ९शनिबार० काठमाडौंमा लोकार्पण गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताउँदै सभामुख महराले भने ‘मुख्यगरी कृषिमा उत्पादकत्व बढायौं र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग ग¥यौं भने आत्मनिर्भर बन्नका लागि देशभित्रै धेरै उत्पादन गर्न सक्छौं ।’

देश साधन स्रोत, श्रम र सीपका दृष्टिकोणले धनी भएको बताउँदै सभामुख महरालेआफूसँग भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजनाको खाँचो भएको बताए ।‘हामीसँग भएको स्रोत, साधन, श्रम र सीपको प्रयोग गर्ने सही योजनाको खाँचो छ, उनले भने ‘त्यस्तो योजनाको खाँचो पूर्ति गर्न गणेशजीको यो पुस्तकले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई विश्वास छ ।’

लेखक जोशीले कृषि र वन क्षेत्रमा लामो समय काम गरेर अनुभव हाँसिल गरेको भन्दै सभामुख महरालेअध्ययनका क्रममा आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई पुस्तकमा केन्द्रित गरेको बताउनुभयो । पुस्तकमा नेपालको कृषि अर्थतन्त्रका चुनौती र अवसरहरुका साथै समस्याहरु के छन् भन्ने पनि राम्रोसँग संकेत गरिएको महराले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्