नेपाल सुनचाँदी व्यावसायी संघ दाङको अध्यक्षमा बिनोद



सैघाली खबर
दाङ,९ बैशाख । नेपाल सुनचाँदी व्यावसायी संघ दाङको १० औ अधिवेशनले विनोद बिश्वर्कमा अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । गएराति सम्पन्न अबिधेशनले बिश्वर्कमाको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा सोम सुनार,शुवाष शाक्य,निर्मला विक महासचिव मानबहादुर सेर्पाली, सचिव शुरेश दुलाल, कोषाध्यक्ष रोषण गुप्ता, सह–कोषाध्यक्षमा विकास रसाइली रहनु भएको छ । संघको सदस्यहरुमा खेम गहतराज,विनोद घताने,जनक विक,भिमरामदाम,विक्रम विश्वकर्मा, रहनु भएको छ । संघ दाङ १८ औ साधारण सभा एवं दशौ अबिधेशनको उद्घाटन सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार सुनारले गर्नु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्