माओवादी केन्द्रको सचिवालय बैठकले गर्यो यस्तो निर्णय



सैघाली खबर,
काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले एमालेसँगको पार्टी एकताको घोषणा गर्ने भनेकै दिन आज बैशाख ९ गते प्रतिशतका आधारमा समिति निर्माण नगर्ने भएको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको पूर्ण बैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुने बताएका हुन् ।

बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुने भन्दै अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुराकानी गरेको जानकारी दिए ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले ब्रिफ्रिङ गरेका थिए ।दुई दलका शीर्ष नेताले आज एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन आजैको मितिमा एकताको घोषणा गर्ने तयारी थियो । तर केही विषय नमिलेपछि एकता घोषणाको मिति टरेको थियो ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् । हिजोमात्रै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुबै अध्यक्षबीच वार्ता भएको थियो ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्