जनैखटिराः छालाको संक्रमणका कारण हुने अत्यन्त पीडादायी रोग



सैघाली खबर
जनैखटिरा प्रायः बढ्दो उमेर तथा रोग प्रतिरोधी क्षमता कमजोर हुने व्यक्तिमा देखा पर्छ । घाउ, चोटपटक, औषधीको साइड इफेक्टजस्ता थुप्रै कारणले पनि यो रोग लाग्छ । यो रोग एक पटक लागिसकेपछि फेरि हुने सम्भावना कम हुन्छ ।

 

 

के हो जनैखटिरा रु

जनैखटिरा एकप्रकारको छाला सम्बन्धी संक्रमण हो जुन अत्यन्त पीडादायी हुन्छ । यो संक्रमण वेरिसेला जोस्टर नामक भाइरसका कारण हुने गर्छ । यसको संक्रमण जोर्नी, शरीरका कुनाकाप्चा लगायत छाला तथा अनुहारको कुनै पनि भागमा देखिन सक्छ । यसलाई हर्पस जोस्टर पनि भनिन्छ ।

किन हुन्छ जनैखटिरा रु

ठ्यौला गराउने भाइरस शरीरमा पुनः सक्रिय भएमा जनैखटिरा देखिने गर्दछ । जब व्यक्तिलाई एक पटक ठ्यौला हुन्छ, त्यसपछि यसको भाइरस शरीरको तन्त्रिका प्रणालीमा सुप्तावस्थामा रहने गर्छ । कुनै व्यक्तिमा यो आजीवन यही अवस्थामा रहने गर्छ भने अन्यमा तनाव, प्रतिरक्षा प्रणाली कमजोर भएमा यो भाइरस पुनः जागृत हुने गर्छ ।

केही औषधीले पनि यस भाइरसलाई जगाउन अहं भूमिका निर्वाह गर्छ । फलतः जनैखटिरा देखा पर्छ । फेरि जागृत भएको भाइरसले ठ्यौला नभई केवल जनैखटिरा मात्र गराउँछ ।

चिकित्सकहरूका अनुसार जनैखटिरा आफैंमा संक्रामक रोग होइन । त्यसैले यो रोग अन्य व्यक्तिको सम्पर्कमा आउँदैमा सर्दैन । यत्ति हो कि, जसलाई एक पटक पनि ठ्यौला भएको छैन वा जसले ठ्यौलाको खोप लगाएको छैन उसलाई भने जनैखटिरा हुने सम्भावना बढी हुन्छ ।

जनै खटिराका लक्षण

जनै खटिराका लक्षण विभिन्न चरणहरूमा देखिने गर्छ । सबैभन्दा पहिले टाउको दुख्ने तथा उज्यालोप्रति संवेदनशील हुन्छ । ज्वरो आएजस्तो महसुस भए पनि ज्वरो आएको हुँदैन ।

शरीरको कुनै भागमा चिलाएको महसुस हुने तथा त्यस ठाउँमा पीडा हुने गर्दछ । जोर्नी तथा शरीरका कुनाकाप्चामा घाउ तथा खटिरा हुने गर्दछ । यस्तो खटिरा विस्तारै ससाना विमिरामा परिणत हुनथाल्छ । यो विमिरामा पानी भरिन्छ र त्यसको बाहिर पाप्रा जम्न थाल्छ । यस्तो समस्यालाई ठीक हुन दुईदेखि चार हप्तासम्म लाग्न सक्छ । केहीमा त यसको कारण दाग समेत बस्ने गर्छ ।

यसकै कारण केहीलाई चक्कर लाग्ने तथा शरीरमा कमजोरी महसुस हुने गर्छ । केहीलाई लामो समयसम्म अनुहारमा पीडा महसुस हुने तथा खटिरा आउने गर्दछ । यसकै कारण व्यक्तिको सोच्ने तथा हेर्ने क्षमतामा समेत नकारात्मक असर पर्नसक्छ । जनैखटिराका कारण कुनै समस्या भएमा तुरुन्तै चिकित्सककहाँ जानु पर्दछ ।

उपचार विधि

औषधी सेवनद्वारा पनि जनैखटिरा निको पार्न सकिन्छ । यस्ता औषधीमा एन्टीभाइरल तथा दुखाइ कम गर्ने औषधी समेत समावेश हुने गर्दछ । सक्दो छिटो एन्टीवायरल औषधी लगाउनाले जनै खटिराका कारण हुने घाउ निको हुने गर्छ । साथै, दुखाइ पनि कम हुन थाल्छ ।

जनैखटिराको घरेलु उपचार पनि निकै प्रभावकारी हुन्छ । यसलाई फुकेर तथा बाघको चित्र बनाएर पनि ठीक पार्ने गरिन्छ तर यो अन्धविश्वाससँग सम्बन्धित भएकाले यसैको भर पर्नु उचित नहुनसक्छ ।

घरमा यसरी गर्ने हेरचाह

घरमै राम्रो हेरचाह गरेर पनि यो समस्या निको पार्न सकिन्छ । त्यसको लागि छालामा देखा परेको कुनै पनि घाउ वा संक्रमणलाई बेवास्ता गर्नु हुँदैन । सरसफाइमा ध्यान दिनु आवश्यक छ । चिकित्सकहरूको सल्लाहअनुसार नियमित रूपमा औषधीको सेवन गर्नुपर्छ ।

कसलाई हुन्छ जनै खटिरा रु

एकपटक ठ्यौला भइसकेको कुनै पनि व्यक्तिलाई जनै खटिरा हुनसक्छ । ५० वर्षभन्दा माथिको उमेर छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यस्ता व्यक्तिलाई पनि जनै खटिरा हुने सम्भावना अधिक हुन्छ । त्यसैले उनीहरूका लागि यस विरुद्धको खोप समेत बजारमा उपलब्ध छ ।

खोप लगाएपछि जनैखटिरा हुने तथा लामो समयसम्म दुखाइ रहने सम्भावना कम हुन्छ ।

हालै मात्र गरिएको एक शोधअनुसार ४० वर्षभन्दा कम उमेरमा जनैखटिरा हुने व्यक्तिलाई स्ट्रोकको खतरा बढ्ने गर्छ भने हृदयाघातको खतरा समेत बढी हुन्छ । शोधका प्रमुख लेखक तथा लण्डन विश्वविद्यालयका वायोलोजी तथा इन्फेक्सन एन्ड इम्युनिटीका प्रोफेसर डा। जुडिथ व्यूररले जनाए अनुसार ४० वर्षमुनि यो समस्या हुने व्यक्तिलाई मुटुको समस्या देखा पर्ने सम्भावना बढी हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्