गस्तीमा गएका प्रहरीको दुर्घटनामा मृत्यु



सैघाली खबर,
दाङ १२ बैशाख ।

मोटरसाईकल दुर्घटना हुदा दाङमा एक प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेमा वडाा प्रहरी कार्यालय घोराहीमा कार्यरत रोल्पा खुङग्री निवासि ओविलाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत ओवीलाल गिरीको ज्यान गएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो  । दुर्घटनामा परेर गिरीसँगै गस्तिमा रहेका प्रहरी जवान बसन्तराज अधिकारी घाइते हुनु भएको छ । उहाँको अवस्था सामान्य रहेको छ ।राती १२ देखि विहान ६ बजे सम्मको मोटरसाईकल डिउटि रहेकोमा उनिहरु सवार मोटरसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्