धरहराको पुनर्निर्माणको बारेमा ओलीको यस्तो धारणा



सैघाली खबर,
काठमाडौं, १२ वैशाख – ।प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माण पुरानै शैलीमा तर बलियो गरी हुने दाबी गर्नुभएको छ । गोरखा भूकम्पको ३ वर्ष पुगेको स्मरणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको भग्नावशेषमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेसम्म जे कारणले धरहराको निर्माण रोकिएपनि अब नरोकिने दावी गरेका छन

२०७२ सालको फागुनमा आफूले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरे पनि धरहरालाई व्यापारिक केन्द्र बनाउन खोजेकाले पुनर्निर्माण नभएको ओलीको भनाई छ । नेपालीको शान र मान बोकेको धरहराको पुनर्निर्माणमा धेरै विवाद नगर्न नागरिकसँग आग्रह गर्दै ओलीले स्वभिमानको धरहरा छिटै नै बन्ने बताउनुभयो ।


पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ सालको फागुन ४ गते मेरो धरहरा मै बनाउँछु अभियान सुरु गर्नुभएको थियो । तर अहिलेसम्म पनि धरहरा उस्तै छ । ओलीले स्मरण गर्दै भन्नुभयो, ‘२०७२ सालको फागुनमा मैले यसै ठाउँबाट मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेको थिएँ, त्यसयता यि रुखका पात २ पटक झरे, २ पटक पलाए, तर धरहरा उस्तै छ, अब यसलाई यस्तै रहन दिइन्न ।’धरहराले हाम्रो शान बोकेको थियो, मान बोकेको थियो, अनि स्वाभिमान बोकेको थियो, त्यही धरहरा ढलेको छ, हाम्रो स्वाभिमानको धरहरा हामीले फेरि उठाउनेछौं’ भत्केको धरहराको छेउमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्