मुलुकको समृद्धिमा लागि काम गर्ने प्रधानमन्त्रीको भनाइ



सैघाली खबर
काठमाडौं,१६ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग भएको समयको अधिकतम सदुपयोग गरी मुलुकको समृद्धिका लागि काम गर्ने बताउनु भएको छ । प्रदेश ५ को प्रदेशसभा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

जाडोमा कुनै पनि नेपालीले चिसिएर ज्यान गुमाउनु नपर्ने अवस्थाको अन्त्य गर्न आफू प्रधानमन्त्री भएको दावी गर्दै ओलीले मुलुकमा रहेका प्राकृतिक स्रोतसाधनको अधिकतम सदुयोग गरेर देशलाई समृद्ध बनाउने योजना रहेको जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहमा काम गर्न सजिलो होस् भनेर सरकारले कानून निर्माणको कामलाई तीव्रता दिएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले पानीदेखि सुनखानीसम्मलाई अधिकतम सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्