पहिरोले पुरिएर युवकको ज्यान गयो ।।



सैघाली खबर, गुल्मी, १८ बैशाख।
पहिरोले पुरेर गुल्मीमा एक युवकको ज्यान गएको छ । गुल्मी मालिका गाउँपालिका–२, दुनामका ३३ वर्षीय दिपक विश्वकर्माको पहिरोले पुरिएर ज्यान गएको हो ।

सोमबार राति छिमेकीको कुलपूजामा गएर घर फर्किने क्रममा सडक माथिबाट खसेको पहिरोमा परेर विकको घटना स्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्