सावधान, लामखुट्टेले टोकेमा लाग्नसक्छ यस्ता रोग !



सैघाली खबर,
तापक्रम बढेको कारण हिजोआज घरघरमा लामखुट्टेको आतंक सुरु भैसकेको छ । हरेक व्यक्ति लामखुट्टेले निम्त्याउन सक्ने रोगको जोखिममा रहेका छन् ।

लामखुट्टेले टोकेमा मलेरिया, डेंगु, इन्सेफलाइटिसजस्ता विभिन्न रोग लाग्ने गर्छ ।

 

 

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार लामखुट्टेको टोकाइका कारण प्रत्येक वर्ष करिब दस लाख मानिसको मृत्यु हुने गर्छ । त्यसैले लामखुट्टेको टोकाइका कारण हुनसक्ने रोगको संक्रमणबाट बच्न जरुरी छ ।

मलेरिया

एनाफिलिज नामक लामखुट्टको टोकाइका कारण मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण भनेको पैरासाइट प्लास्मोडियम हो । मलेरिया भएमा टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने आदि लक्षण देखा पर्छन् । समयमै रोग पत्ता लगाएर उपचार नगरेको खण्डमा यसबाट मानिसको ज्यान समेत जानसक्छ ।

डेंगु

पोथी एडिज लामुखुट्टेले टोकेमा डेंगु हुने गर्छ । डेंगु भएमा टाउको दुख्ने, ज्वरो आउने, हड्डी तथा मांसपेशी दुख्ने, शरीरका विभिन्न भागबाट रगत बग्ने आदि समस्या देखा पर्छन् । लामुखट्टेको टोकाइका कारण हुने समस्यामध्ये यो सबैभन्दा घातक समस्या हो । यस्ता समस्याबाट आफूलाई बचाउनु नै आफूलाई सुरक्षित राख्नु हो ।

जीका भाइरस

एडीज प्रजातिको लामखुट्टेले टोकेमा यो रोग लाग्ने गर्छ । जीका भाइरसका कारण ज्वरो आउने तथा मांसपेशी दुख्ने गर्छ । जीका भाइरसको संक्रमण भारतमा केहीलाई भएको देखिए पनि नेपालमा भने अहिलेसम्म जीकाका रोगी भेटिएका छैनन् ।

चिकनगुनिया

चिकनगुनिया भएमा बेस्सरी ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने लगायतको समस्या हुने गर्छ । चिकनगुनिया रोग विशेषगरी एडीज एजिप्टी तथा एडीज एल्बोपिक्ट्स लामखुट्टेको संक्रमणका कारण हुने गर्दछ ।

लिम्फेटिक फाइलेरिया

लिम्फेटिक फाइलेरिया पनि लामखुट्टेको टोकाइका कारण हुने गर्दछ । यसले हाम्रो लिम्फेटिक सिस्टमलाई असर पार्छ । एक पटक यो रोग लागेमा पटक पटक संक्रमण हुने खतरा भइरहन्छ ।

जापानी इन्सेफलाइटिस

जापानी इन्सेफलाइटिस भएमा यसले नसा, दिमाग तथा स्पाइनल कर्डलाई असर पार्छ । यो रोग लागेमा मानिसको ज्यानसमेत जान सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्